नेकपा माओवादी केन्द्रबाट को बन्दैछन् बाँकी ५ मन्त्री? ५ मन्त्रीका नाम सिफारिस

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल विस्तारमा नेकपा माओवादी केन्द्रले ५ जनाको नामावली सिफारिस गरेको छ । जसमा नेकपा माओवादी केन्द्रबाट देबेन्द्र पौडेल, मातृका यादव, सुदन किँराती, अन्जना बिसुंखे र सन्त कुमार थारुलाई सिफारिस गरिएको छ ।
सातै प्रदेशको प्रतिनिधित्व गराउने एजेण्डा सहित केन्द्रले मन्त्रीका लागि नामावली सिफारिस गरेको हो । यसअघि नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा अर्थमन्त्री र पम्फा भुषाल उर्जामन्त्री नियुक्ति भईसकेका छन् ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा वलीको सरकार ढलेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाले सरकारमा जाने निर्णयसहित नयाँ मन्त्रीमण्डल विस्तारमा पनि भागबन्डा मिलाएका हुन् । नेकपा एमाले माधव समुहबाट सरकारमा जाने नजाने निर्णय भने केहि दिनमा टुंगो लाग्ने श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार