
सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने भएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए ।
यस्तै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । प्रधनामन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न सिंहदरबारमा आयोजित कार्याक्रममा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ), उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने बताएका छन्।
खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने समेत समावेश गरेको छ। कोभिड–१९ को सम्भावित तेस्रो लहर विरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन र अस्पतालहरूको स्तरोन्नति गर्ने कुरालाई समेत प्राथामिकता राखेको छ।
यस्तै, जनतासँग जोडिएका कामहरूलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै सुशासनको पक्षमा लाग्ने समेत उल्लेख गरेको छ।
गठबन्धनले ल्याएको साझा न्युनतम कार्यक्रम प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सार्वजनिक गरेका छन्।







