कोभिड अस्पताललाई युके प्रबासीको आर्थिक सहयोग

  सिलिचुङ सम्बाददाता

 

यूकेका प्रबासी नेपालीहरुबाट संकलित सहयोग रकम प्राध्यापक कमलजंग राईबाट कोभिड अस्पताल सञ्चालन सहयोग समिति संयोजक धु्रवलाल श्रेष्ठलाई हस्तान्तरण गरिँदै । तश्विर, सिलिचुङ

 

भोजपुर । रोजगारीको शिलशिलामा यूकेमा बसोबास गर्दै आएका प्रबासी नेपालीले कोभिड १९ बाट प्रभावित नागरिकको सहयोगका लागि जुटेका छन् । भोजपुर लगायत विभिन्न जिल्लाका प्रबासी सहयोगीदाताहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताल भोजपुरलाई सहयोग प्रदान गरेको हो ।
कोभिड १९ का कारण भयावह अवस्थालाई मध्यनजर गर्दै प्रबासी नेपालीले कोभिड अस्पताललाई आवश्यक व्यवस्थापनका लागि एक लाख २६ हजार ८ सय ६ रुपैँया आर्थिक सहयोग जुटाएको हो । यूके निबासी भोजपुर टेम्केमैयुङ गाउँपालिका गोगनेका रविनकाजी राई र कोटकी विजयालक्ष्मी राईको नेतृत्वमा संकलित उक्त सहयोग रकम भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक कमलजंग राईबाट कोभिड अस्पताल सञ्चालन सहयोग समिति संयोजक धु्रवलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
प्रबासी सहयोगीदाताहरुलाई धन्यवाद दिँदै संयोजक श्रेष्ठले आर्थिक विपन्नताका नागरिकलाई थप राहत पुग्ने बताए । विशेषगरि आपतकालिन परिस्थितीलाई विशेष प्राथमिकतामा राखेर सहयोग रकम खर्चिने उनले बताए ।

यस्तै कोरोना संक्रमणबाट प्राभावित पिडितहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको नेतृत्वकर्ता रविनकाजी राईले बताए । यसका साथै यूके निबासी प्रबासी नेपालीहरुले टेम्केमैयुङ गाउँपालिकाको कोट इलाका स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर खरिदका लागि पनि ९३ हजार ६ सय रुपैँया सहयोग प्रदान गरेको छ ।

यूके निवासी सहयोगी व्यक्तिहरुः
१. पदम बहादुर/मैनाश्वरी राई, टेम्केमैयुङ गापा ७ दिप्सा भोजपुर – २०,६२५ ।–
२. हर्क बहादुर राई, टेम्केमैयुङ गापा ७ दिप्सा भोजपुर – ८,२५० ।–
३. श्रीकुमार/कल्पना राई, टेम्केमैयुङ गापा ७ दिप्सा भोजपुर – ४,९५० ।–
४. घल ब राई/ महेन्द्र राई, टेम्केमैयुङ गापा भोजपुर – ६,७६५ ।–
५. दिप बहादुर राइर्, टेम्केमैयुङ गापा भोजपुर – ४,९५० ।–
६. गंगा राज राई, टेम्केमैयुङ ७ खाल्डे भोजपुर –४,१२५ ।–
७. लक्ष्मी कुमारी राई, टेम्केमैयुङ गापा ७, बतासे भोजपुर – ३३,१६५ ।–
८. राम कुमारी राई (धर्मराज राईकी आमा) टेम्केमैयुङ गापा ४, खोङ्टाङ – १६,५०० ।–
९. पबिश्वरा राई, टेम्केमैयुङ गापा ६, बाक्छेन भोजपुर – ३,३०० ।–
१०. सर्बधन राई/ रबिन काजी राई, टेम्केमैयुङ गापा ८, खन्याखर्क भोजपुर – १६,६६५ ।–
११. थाम बहादुर राई, टेम्केमैयुङ गापा ७, दिकुवा भोजपुर – ९,९०० ।–
१२. कृष्ण राम राई, टेम्केमैयुङ गापा ६, आहाले, भोजपुर – ३,४६५ ।–
१३. बिष्ण बहादुर राई, भोजपुर नगरपालिका देउराली भोजपुर – ३,४६५ ।–
१४. बिर्ख बहादुर राई, टेम्केमैयुङ गापा ७, भोटेछाप भोजपुर – ५,११५ ।–
१५. मान बहादुर राई, टेम्केमैयुङ गापा ८, कट्टि, भोजपुर – १,६५० ।–
१६. शिव (सुमन) कुमार राई, (बैंक) टेम्केमैयुङ ६, भोजपुर – ४,९५० ।–
१७. चन्द्रकला राई, भोजपुर – ५,११५ ।–
१८. दिल कुमार राई, टेम्केमैयुङ गापा ७ दिकुवा, भोजपुर – ५,११५ ।–
१९. मनिकला राई, रामप्रसादराई गापा १, चेवा, भोजपुर – ४,९५० ।–
२०. मनिश्वरी राई, रामप्रसादराई गापा १ चेवा, भोजपुर – १,६५० ।–
२१. राम कुमारी राई, कमल गापा पाडाजुङ्गी, झापा – १,६५० ।–
२२. कबिराज राई, टेम्केमैयुङ ७ भोटेछाप, भोजपुर – ४,९५० ।–
२३. हुद्द बहादुर राई, टेम्केमैयुङ ७ भोटेछाप, भोजपुर – ५,११५ ।–
२४. हरिकुमार राई, टेम्केमैयुङ ७ भोटेछाप, भोजपुर – ५,११५ ।–
२५. धन कुमार राई, टेम्केमैयुङ गापा ७, दिकुवा, भोजपुर – ५,७७५ ।–
२६. तपिराज राई, टेम्केमैयुङ गापा ७, दिप्सा, भोजपुर – २,४७५ ।–
२७. श्री कुमार राई, टेम्केमैयुङ ७ भोटेछाप, भोजपुर – ४,९५० ।–
२८, गोमादेवी राई, सुर्योदय नगरपालिका ७, हर्कटे इलाम – ४,९५० ।–
२९. ठाकुर प्रसाद राई, कमल गापा–७, बिस्नुकठ्ठा झापा – २,४७५ ।–
३०. गिता थापा मगर, हरिनाथ गापा ७, बैदिछाप स्याङ्जा – ३,३०० ।–
३१. जगत बहादुर बुढाथोकी, टेम्केमैयुङ गापा ८ गोगने ढुङ्गे, भोजपुर – ८,२५० ।–
३२. एस राई, भोजपुर – ४,१२५ ।–
३३. रोशन राई, भोजपुर – ४,१२५ ।–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार