बेलायतमा दुवै डोज खोप लगाएकाहरुले आइसोलेशनमा बस्नु नपर्ने

लण्डन । बेलायत सरकारले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएर पनि संक्रमित भएमा सेल्फ आइसोलेसन बस्नु नपर्ने नियम लागु गरेको छ ।

 

सरकारले विहीबार पूर्व जारी निर्देशिकामा संशोधन गर्दै कोभिड १९ को दुवै डोज लगाएका व्यक्तिहरुले घरमा कोही कोभिड १९ बाट संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने नियम लागु गरेको हो । कोभिड विरुद्धको दुवै डोज खोप लगाएको कम्तीमा १४ दिन पुगेको हुनुपर्ने जनाएको छ ।

 

सरकारले जारी गरेको निर्देशिका १८ वर्ष ६ महिनाभन्दा कम उमेरका व्यक्तिहरुले पनि परिवारमा कोही कोरोना संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने उल्लेख छ । १८ वर्षमुनीकाहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न सुझाव दिइएका कारण उनीहरुको पठनपाठन पनि प्रभावित हुँदै आएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार