
लन्डन । समानताको मागसहित तीन जना भूतपूर्व गोर्खाहरुले लन्डनमा गरेको आमरण अनसन अन्त्य गरेका छन् ।
नेपाल र बेलायत सरकारले माग सम्बाेधन गर्ने अाश्वास दिएपछि १३ दिनदेखि जारी अामरण अनशन अन्त्य भएका हुन ।
गोर्खा अभियान्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसन बसेकोउनीहरूले बिहीबार अनसन तोडेका छन ।
सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सत्याग्रहीले राखेको माग सम्बोधन भएपछि अनसन तोडिएको बताए ।
‘गोर्खाका मुद्धामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको छ ।प्राविधिक संयन्त्रको सिफारिशकै जगमा बेलायत, नेपाल रगोर्खाहरुसहितको वार्ताको सहमति बनेको छ’, राईले भने ।
बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेरसत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका थिए ।
भूपू गोर्खालाई समान अधिकारको माग गर्दै गोर्खा सत्याग्रह समितिका तीन अभियन्ताहरु गत अगस्ट ७ तारिखदेखि आमरण अनसनमाथिए ।







