भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको विभत्स हत्या गरी आत्महत्या गरेका छन् । स्थानीय ४० बर्षिय बुद्धिमान राईले २८ वर्षिया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रवार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफुपनि झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए ।
प्रहरीका अनुसार राती सुतिरहेकाबेला आमालाई बोलाउने क्रममा आमालाई मृत देखेपछि ८ बर्षिय छोराले घरदेखि केहि दुरी माथि रहेको नातामा हजुरआमा पर्नेलाई खबर गरेपछि स्थानीयबासीमा खैलाबैला भएको थियो । पछि स्थानीय भएर बाबुलाई खोज्ने क्रममा उनी पनि रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घिटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । मृतक दुवैका ८ वर्षिय छोरा र एक छोरी छन् ।







