प्रधानन्यायाधीशबारे छिनोफानो नहुँदासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ ।

 

बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको हो । आदेशसँगै संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

 

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न हुने र नहुने माग गर्दै परेका छुट्टाछुट्टै दुई रिटमाथिको सुनुवाइकाक्रममा सो आदेश आएको हो ।

 

प्रधानन्यायाधीश सदस्य रहने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका रिटमा सुनुवाइका क्रममा रिट निवेदक कानुन व्यवसायीले संवैधानिक इजलासमा प्रधानन्याधीश बस्दा स्वार्थ बाझिने भन्दै नबस्न माग गरेका थिए । कानुन व्यवसायीको मागपछि प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइमा सहभागी नहुने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार