
लन्डन । बेलायत सरकारले कोभिड १९ को महामारीबाट थप सुरक्षित हुनका लागि तेस्रो डोजको खोप दिने तयारी गरेको छ । पहिलो र दोस्रो डोज खोप वितरण गरिसकेको बेलायत सरकारले तेस्रो डोज खोप दिने भएको हो ।
केही दिनपछि प्रथामिकताका आधारमा तेस्रो डोज खोप वितरण गर्ने तयारी भएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले जानकारी दिए । स्वास्थ्यमन्त्री जावेदले तीन करोड बेलायती नागरिकहरुलाई तेस्रो डोज खोप दिने जानकारी दिएका हुन ।
५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कम्जोर भएका १६ देखि ४९ वर्ष उमेरका तथा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य हेरचाह कामदारहरुलाई खोप वितरण गर्ने गरी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले तयारी गरेको छ ।
तेस्रो डोज खोप फाईजरको दिइने भएको छ । तेस्रो डोजको खोप लगाउन दोस्रो डोज लगाएको छ महिना पुगेको हुनुपर्नेछ । केही दिनदेखि वितरण शुरु गरिने डोज आउँदो क्रिसमससम्ममा पूरा गर्ने सरकारको लक्ष्य छ ।







