
काठमाडौं । सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।
बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी फिर्ता हुने भएपछि भर्खरै गोर्खाहरुको समस्या समाधानका लागि भइरहेको बार्ता केही समयका लागि प्रभावित हुने भन्दै चिन्त्ता व्यक्त भएको छ ।







