
लण्डन । जनता समाजवादी पार्टी बेलायत प्रवास अन्तरगत रहेको नेपाली समाज लण्डन इकाई समितिको अध्यक्षमा शान्तकला राई निर्वाचित भएकी छिन ।
आइतवार नेपाली समाज इकाई समितिको तेस्रो अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि राईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा शुक्र तामाङ, सचिवमा सुकमाया लिम्बु, कोषाध्यक्षमा भुबर राई र सहकोषाध्यक्ष सोनाहाङ राई निर्वाचित गरेका छन । त्यसैगरी सदस्यहरुमा मिलन राई, निरभगवती राई, सुनिता राना मगर, चन्द्रकला राई, रिना पाम्फु, प्रदिप राई, खुशीकला गुरुङ, शिव हेलक लिम्बु, कृष्ण रोका, चन्द्र लिम्बु, मान काउचा मगर, निलु देवन र रुद्र राई निर्वाचित भएका छन ।
अधिवेशन जनता समाजवादी नेपाली समाज बेलायतका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशन नेपाली समाज लण्डनका कमल राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सहसचिव कृष्ण राईले गरेका थिए ।
निर्वाचित हुनेहरुलाई प्रमुख अतिथि चन्द्रबहादुर गुरुङले पद तथा गोपनियताको सपथ खुवाउनुका साथै प्रमाणपत्र समेत वितरण गरेका थिए ।
निर्वाचित अध्यक्ष शान्तकला राईले पार्टीको इकाई समितिलाई व्यवस्थित र मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।
जनता समाजवादी पार्टीको बेलायत प्रवास समिति अन्र्तगत ७ वटा नेपाली समाज इकाई समितिहरु रहेको छ ।








