बेलायतले नेपाललाई राख्दै आएको रेड लिष्ट हटायो

लन्डन । बेलायतले कोभिड महारमारीका कारण नेपालसहित ७ वटा मुलुकहरुलाई संवेदनशील सूचि (रेड लिष्ट) बाट हटाएको छ ।

 

अन्तराष्ट्रिय यात्राको लागि विभिन्न प्रतिवन्धहरुसहित बेलायत सरकारले लागू गरेको रेड लिष्ट सूचीबाट नेपालसंगै ७ वटा देशहरुलाई संवेदनशील सूचि (रेड लिष्ट) बाट हटाएको हो ।

 

बिहीबार बेलायत सरकारले रेड लिष्टमा राख्दै आएका मुलुकहरुलाई हटाएको छ । रेड लिष्टबाट हटाएसंगै आउँदो सोमावार विहान ४ बजेदेखि यो परिवर्तन लागु हुने जनाइएको छ ।

 

रेड लिष्टबाट हटेपछि कोभिडको दुवै खोप लगाएका यात्रुहरुले नेपालबाट बेलायत आउँदा होटेल क्वेरन्टिन बस्नुपर्ने छैन ।

 

रेड लिष्टमा रहंदा यूकेका नागरिक र यहाँकै रेसिडेन्स पर्मिट हुनेलाई मात्र खुला राखिएको बेलायतमा अब भने पर्यटक र अन्यहरु पनि आउन पाउने भएका छन ।

 

दशैँको मुखमा नेपाल रेड लिष्टपछि चाडपर्व मनाउने नेपाल जानेहरुलाई सहज भएको छ । बेलायत आउनुपर्ने अनिवार्य वाध्यता भएकाहरुलाई यो व्यवस्था हटेसंगै सहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार