
भोजपुर । चाडबाड मनाउन कोहि पनि बञ्चित नहोस् भन्ने आशयले भोजपुरका युवा समाजसेवीले विपन्न परिवारलाई सहयोग गरेका छन् । समाजसेवी विमल रणपहेँली र दुर्गा योञ्जनले कमजोर आर्थिक अवस्थाकी भोजपुर नगरपालिका ४, सिद्देश्वर मान्दे्रकी स्थानीय विनिता राईलाई आर्थिक सहयोग गरेका हुन् ।
नृत्य कलाकार मनिषा वार्ताङ राईको समन्वयमा समाजसेवी रणपहेँली र योञ्जनले राईको घरमै पुगेर सहयोग गरेका हुन् । घरायसी समस्याका कारण दशैँतिहार जस्तो चाड मनाउन नपाएका ती विपन्न परिवारलाई २ महिना पुग्ने खाद्यान्न तथा अन्य घरायसी सामाग्री बितरण गरिएको थियो । आगामी दिनमा जिल्लाभित्र रहेका बाढिपहिरो पिडितलाई सहयोग गरिने समाजसेवी विमल रणपहेँलीले बताए ।
यसका साथै ती विपन्न बालबालिकालाई शैक्षिक सामग्री पनि बितरण गरिएको अर्का युवा समाजसेवी सुसन घिमिरेले जानकारी दिए । सामाजिक अभियान अन्र्तगत सामाजिक कल्याणकारी कार्यमा निरन्तर हात बढाईरहने उनले बताए ।







