
लण्डन । नेकपा माओवादी केन्द्रको प्रवास कमिटि अन्तर्गत रहेको नेपाली जनप्रगतिशिल मञ्च बेलायतको उत्तर पश्चिम कमिटि गठन भएको छ ।
आइतवार लण्डनको साउथ हेरोस्थित एक भेलाको आयोजना गरी बेलायतको उत्तर पश्चिम कमिटि गठन भएको हो । राजमणी राईको अध्यक्षतामा ५ सदस्यीय कमिटि गठन भएको छ । जसअनुसार सचिवमा पृथीलाल याक्खा सदस्यहरुमा देउमान जिमी र विना लिम्बु चयन भएको छ । एक रिक्त रहेको सदस्यमा तत्काल पदपुर्ति गर्ने निर्णय गरेको छ ।
नेपाली जनप्रगतिशिल मञ्च बेलायतको अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मञ्चका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, निर्वतमान उपाध्यक्ष तथा संगठन विभाग प्रमुख मानबहादुर गुरुङ सचिव शेरसिं ठकुरी, महिला संयोजक तथा सचिवालय सदस्य विमला लिम्बु र युवा संयोजक तथा सचिवालय सदस्य नविन स्याङतानको पनि उपस्थिती रहेको थियो ।








