प्रेस सेन्टर नेपाल भोजपुरको अध्यक्षमा विवेक राई चयन

  सिलिचुङ सम्बाददाता

 

बुधबार आयोजित प्रेस सेन्टर नेपाल भोजपुरको पाँचौ अधिवेशनको उद्घाटन गरिँदै । तश्विर, सिलिचुङ

 

भोजपुर । प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति भोजपुरले विवेक राईको संयोजकत्वमा नयाँ कार्यसमिति चुनेको छ । सेन्टर शाखाको पाँचौ जिल्ला अधिबेशनबाट राई अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको हो ।
राईको संयोजकत्वमा सेन्टर शाखाको उपाध्यक्षमा बिमला बस्नेत, सचिवमा प्रमित सिप्तुङ, सहसचिवमा नविन मास्के, कोषाध्यक्षमा सावित्रा तामाङ लगायत ११ सदस्यीय समिति बनेको छ । त्यस्तै अधिबेशनले मंसिर ८ भित्र सम्पन्न हुने प्रेस सेन्टर नेपाल प्रदेश १ अधिवेशनका लागि राजन राई, मनिता खिम्दुङ र आरके वान्तावालाई प्रदेश प्रतिनिधी पठाउने निर्णय गरेको छ ।
बुधबार आयोजित अधिबेशन समारोहमा नेकपा माओवादी सम्बद्ध नेता तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका प्रतिनिधी, पत्रकार एवम् विभिन्न मिडियाका सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार