
भोजपुर । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठनहरुले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आईतबार नेकपा एस भोजपुरले एमसिसिको विरोधमा सदरमुकाम र दिङ्लाबजार क्षेत्रमा विरोध जुलुस गरेको हो ।
दिङ्ला बजारमा भएको विरोध कार्यक्रमको कोणसभामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) षडानन्द नगर कमिटीका सचिव विशाल राई र अध्यक्ष हरि भित्रिकोटीले सम्वोधन गरेका थिए । सम्बोधन गर्ने क्रममा दुबै वक्ताहरुले एम.सि.सि कुनै हालतमा पास हुन दिन नहुने बताएका थिए । एम.सि.सि बुझेर पनि अन्य पार्टीहरुले विरोध गर्न हिचकिचाई रहेको पाईएको छ । तर एकीकृत समाजवादी कुनै हालतमा राष्ट्र अहित हुने कार्यको विरुद्धमा रहने अध्यक्ष भित्रिकोटीले बताए । अझैपनि एमसिसिलाई गहन अध्ययन गर्न अनुरोध समेत गरे ।
त्यस्तै जिल्लाको सदरमुकाममा भएको विरोध कार्याक्रममा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष प्रकाश सिं राईले विरोध कार्यक्रममा संवोधन गरेका थिए । सम्वोधनमा अमेरिकाको प्रचलित कानुन हरु मान्नु पर्ने र भविष्यमा पनि जस्तोसुकै कानुन मान्नु पर्ने, इराक हमाला, अफगानिस्तान जस्तो हुने र यस्का सर्तहरु नेपालको संविधान भन्दा माथी रहेको कारण देश घाती रहेको उनले बताए ।
दिङ्ला बजारमा भएको विरोध ¥यालि सीताराम मन्दिरदेखी बजार परिक्रमा गरि दिङ्ला बजारको चोकमा कोण सभा भएको थियो भने सदरमुकाममा भएको कार्यक्रम पार्टी कार्यालयदेखि विरोध ¥यालि सुरु भई चार भञ्ज्याङमा कोणसभा गरि सम्पन्न भएको हो ।
उनिहरुले विरोध ¥यालिमा एम.सि.सि. चाहिदैन देश बेच्न पाईदैन, राष्ट्रघाती दलालहरु होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एम.सि.सि. खारेज गर, राष्ट्रभक्त शक्तिहरु एक हौं, एकीकृत समाजवादी जिन्दावाद जस्ता नारा लगाएका थिए ।







