हतुवाको कथा बोक्ने दिलिपको ’ताल्चा’ विमोचित

  प्रदीपचन्द्र राई

 

भोजपुर । भोजपुर हतुवागढीका कथाकार एवम् साहित्यकार दिलिप बान्तावा राईको ’ताल्चा’ कथासंग्रह पुस्तक विमोचन गरिएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार फलामढुंगास्थित शनिबार राईद्वारा लिखित उक्त कृति मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले विमोचन गरे ।

दशक लामो सशस्त्र द्वन्दकालिन असरदेखि सम्पूर्ण हतुवागढी क्षेत्रको परिवेशमा आधारित उक्त कथा संग्रहमा १० वटा कथा समेटिएका छन् ।

दशक लामो सशस्त्र द्वन्दकालिन असरदेखि सम्पूर्ण हतुवागढी क्षेत्रको परिवेशमा आधारित उक्त कथा संग्रहमा १० वटा कथा समेटिएका छन् । कथा संग्रह विमोचनपछि साहित्यकार मुकारुङले उक्त कथासंग्रहका हरेक कथाले आफ्नोपन, साझा कथाको अनभूति गराएको बताए । बान्तावाको कृतिले भोजपुरबाट नयाँ साहित्यिक स्वाद पस्कने थीति शुभारम्भ भएको उनले जिकिर गरे ।

’सामाजिक यर्थाथमा बाँचेर कुण्ठित सामाजिक यर्थाथ भोगाईलाई बाहिर ल्याउने साहित्य क्षेत्रमा पहिलो प्रयास भएको छ । नेपाली साहित्यमा पहिलोपटक नलेखिएका मानिसहरुका कथाहरु लेखिएका छन्’ मुकारुङले भने, ’यस्ता कथाहरुलाई यो राज्यसत्ताले पनि हिजो र आजको दिनमा यस्ता कथा लेख्न चाहेको थिएन, जुन दिलिप वान्तावाले हिम्मत गर्नभएको छ, हार्दिक धन्यवाद छ’
उक्त ’ताल्चा’ कथासंग्रहका कृतिकार दिलिप बान्तावा हाल वैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरियामा छन् । विदेशमा बसेरै उनले दर्जौनौ कविताहरु लेखेका छन् । उक्त कथासंग्रहमा उनले द्वन्दकालिन पिडा, लैङ्गि विभेद, वैदेशिक रोजगारीका व्यथा, जस्ता कारुणिक भाव अटाएका छन् । उक्त विमोचन समारोहमा साहित्यकार राजन मुकारुङसंगै प्रकाश दिप्साली, अरुण आकाशजस्ता साहित्यकारको सहभागिता थियो ।

दिलिप बान्तावाको ’ताल्चा’ कथासंग्रह पुस्तक विमोचन कार्यक्रम । तश्विर, प्रदिपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार