लण्डनमा रेल सेवा बन्द हुदाँ यात्रुहरु मर्कामा

लण्डन । विभिन्न मागसहित कामदारहरुले हडताल गरेपछि बेलयातको ब्यस्त शहर लण्डनको रेल सेवा पुरै बन्द भएको छ । कामदारहरुले रेल सेवा बन्द गरेपछि राख्दै दैनिक लाखौं यात्रुहरुले सेवा लिने लन्डनको अन्डरग्राउण्ड रेल सेवा मंगलबार ठप्प भएको छ ।

 

लन्डन रेल सेवामा मा कार्यरत कामदारहरुको २४ घण्टे हड्ताल गरेपछि सबै रेल सेवा बन्द भएको छ । हड्तालका क्रममा रेल सेवामा कार्यरत कामदारले आज काम बहिस्कार गरेका छन ।

 

लन्डन रेल सेवामा कार्यरत कर्मचारीहरुले यसअघि पनि पटक पटक हड्ताल र विरोध गर्दै आएका थिए । कयौं कामदारहरुको जागिर खोसिने जोखिम बढेको, पेन्सनको लागि पर्याप्त प्रत्याभूति नमिलेको जस्ता असन्तुष्टीहरु छन । हड्तालका कारण अन्डरग्राउण्ड सेवा ठप्प भएपछि लाखौं यात्रुहरु मर्कामा परेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार