युक्रेनमा अपपत्र परेका नेपालीहरुको उद्धार गर्न एनएआरएन युकेको माग

लन्डन । नेपाल सरकारसंग युद्धका कारण युक्रेनमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न गैर–आवसीय नेपाली संघ (एनआएरएनए) बेलायतले आग्रह गरेको छ ।

 

युद्धका कारण युक्रेनमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न गैर–आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले नेपाल सरकारका परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई पत्र लेखी यस्तो आग्रह गरेको हो । अध्यक्ष गाहामगरले गैर–आवासीय नेपाली संघको समेत सहयोगमा २ सय भन्दा बढि नेपालीहरु युक्रेनबाट छिमेकी मुलुक स्लोभाकिया पुगी सकेको जनाउदै बाँकी अलपत्र परेका नेपालीहरुको खोज तथा उद्धार गर्न अनुरोध गरेका छन ।

 

कैयौं नेपालीहरु युक्रेन मै रहेको र युक्रेन छाडेका नेपालीहरुलाई पनि सुरक्षित रुपमा नेपाल फिर्ता लैजाने व्यवस्था मिलाउन सकरकारसमक्ष माग गरेका छन । युक्रेनमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि गैर–आवासीय नेपाली संघ युके अन्तर्गत रहेका चार ओटा राज्य परिषदहरुले आर्थिक सहयोग संकलन गरिरहेको पनि अध्यक्ष गाहा मगरले जनाए । “संकटको घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका खाँचो परेको छ ,” गाहा मगरले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार