काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।
महाभियोगको प्रस्तावमा सभामुख अग्नी प्रसाद सापकोटाले नेपालको संविधान बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूचीमा छ।
माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।