बार्ताका लागि आन्तरिक गृहकार्यमा छौं : धर्म तामाङ

  धर्म तामाङ

लामो समयदेखि बेलायती सैनिकमा काम गरेका गोर्खा भूतपूर्व सैनिकहरुमाथि भएको विभेद कायमै छ । समानताको माग गर्दै गोर्खाहरुले आन्दोलन गरेको तीन दशक वितिसक्दा पनि समस्या समाधान भइसकेको छैन । गोर्खाहरुको चरणबद्ध आन्दोलनले आंशिक सफलता पाएपनि दिर्घकालिन रुपमा समाधान भने भएको छैन । अहिले गोर्खाहरुको समस्या समाधानका लागि बेलायत, नेपाल सरकार र आन्दोलनरत गोर्खाहरुको प्रतिनिधिवीच त्रिपक्षीय बार्ताको तयारी भईरहेको छ । उक्त त्रिपक्षीय बार्ताले गोर्खाहरुको समस्या समाधान विश्वास गरिएको छ । यही बार्ताको तयारी र अवस्थाबारे गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपसभापति धर्म तामाङसंग सिलिचुङ डटकमका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

 

गोर्खाहरुको समस्यमा समाधानका लागि हुन गइरहेको बार्ताको तयारी के छ ?

 

अहिले हामी बार्ताको तयारीमा छौं । त्यसैले आन्तरिक प्रमाणहरु जुटाउने क्रममा छौं । किनभने हामीले बार्तालाई सफल बनाउनु छ । यस्तो अवसरहरु पटक पटक नआउन सक्छ । लामो समयदेखि गोर्खाहरुमाथि भएको विभेद अन्त्य गर्ने ठुलो मौका हो । त्यसैले बार्तालाई हाम्रो पक्षमा पार्न आन्तरिक गृहकार्यमा लागिरहेको छौं ।

 

आन्तरिक प्रमाणहरु भन्नुभयो ? कस्तो खालको प्रमाणहरु संकलन गरिरहनुभएको छ भन्नुभयो, बताउनु मिल्छ ?

गृहकार्यका लागि जस्तै हवाई घटनामा परेकाहरु जुन घटनामा थिए । जो आफ्नो डयुटी निभाइरहेको थिए । घटनाको बिषयमा थाह थिएन । त्यस्ता व्यक्तिहरुलाई पनि अपमानित ढंगले समग्र एउटै कम्पनीमा रहेको १ सय ११ जनालाई खाली खुट्टा पठाइएको छ । जो घटनामा संलग्न थिएन् । त्यस्ता व्यक्तिहलाई भेटेर छलफल गरेर जो बार्ताका लागि प्रमाणका लागि त्यस्ता व्यक्तिहरुलाई पनि प्रस्तुत गर्ने तयारीमा छौं । बिग्रेट अफ गोर्खाजमा विदेशी महिला विवहा गर्न वित्तिकै अपमानित ढंगले जागिरबाट निष्काशन गरेर खालीखुट्टा पठाइएको छ । त्यस्ता व्यक्तिहरुसंग पनि छलफल गरिरहेका छौं । त्यस्ता व्यक्तिहरु पनि बार्तामा प्रमाणका लागि प्रस्तुत हुनलाई तयार छन । गोर्खाहरुको बिषयमा स्यंम गोर्खा नै पिएचडी गर्नुभएको विज्ञ पनि बार्तालाई सफल बनाउन आवश्यक सल्लाह र सहयोग गर्न तयार हुनुहुन्छ । उहाँहरुजस्ता विज्ञको बार्ता सफल बनाउन भुमिका अनिवार्य छ । जो हिजो डाक्टर चन्द्र लक्सम्बा हुनुहुन्थ्यो । उहाँ दिवंगत हुनुभयो । लक्सम्बाको निधनले गोर्खा आन्दोलनमा ठुलो क्षति पुगेको छ । उहाँको गोर्खा आन्दोलनमा महत्वपूर्ण भुमिका छ । अहिले स्यंम गोर्खा नै पिएचडी गर्नुभएका डाक्टर मुलीवीर राई हुनुहुन्छ । उहाँसंग पनि हामी सघन छलफलमा छौं । उहाँ पनि बार्तालाई सफल बनाउन लागिरहनुभएको छ । र उहाँको भुमिका बार्तालाई सफल बनाउन अति नै जरुरी छ ।

 

आन्तरिक प्रमाणहरु जुटाउने क्रममा तपाईहरु मात्रै लागि रहनुएको छ की अरु गोर्खा संगठनहरु पनि लागिरहेको छ ?

निर्देशक समिति आवद्ध भूपूजन्य संस्थाहरुको आधारभूत जिम्मेवारी नै आन्तरिक प्रमाणहरु संकलन गर्ने हो । त्यसकारण सबै भूपूजन्य संस्थाहरु आफ्नो किसिमले प्रमाणहरु संकलन गर्न लागिपरेका छन । उक्त संकलित प्रमाणहरु उपर निर्देशक समिति र बार्तासमितिवीच सघन छलफल गरी बार्तालाई प्रतिफलमुलक बनाउन गृहकार्य गर्नु जरुरी छ । त्यसैमा हामी भूपूजन्य संस्थाहरु लागि यसमा परेका छौं ।

 

प्राविधिक समितिमा उल्लेख भएको बिषय बाहेक अन्य बिषयमा बार्तामा समावेश हुन्छन या हुदैनन् ?

निर्देशक समिति र बार्ता समितिवीच गम्भिर छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ । त्यसकारण हामीले पटक पटक गृहकार्य गर्नुपर्छ भनिरहेको छौं । त्यस छलफलले समावेश हुने बिषयले बार्तालाई प्रतिकुल या अनुकल हुन्छ ? त्यसमा केन्द्रीत भएर निर्णय गर्नुपर्ने हुन्छ ।

 

यो बार्ताबाट तपाई गोर्खाहरुको समस्या समाधान सधैका लागि अन्त्य हुने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?

 

यो गोर्खाकोहरुको अन्यायबारे सच्चयाउने ऐतिहासिक अवसर हो । यसमा नेपाल सरकार र बेलायत सरकार चुक्दैन भन्ने हामी पूर्ण विश्वास गछौं । यो अवसर पक्कै पनि सदुपयोग हुनेछ ।

 

यतिको लामो समय वितिसक्दा पनि गोर्खाहरुको समस्या समाधान हुन नसक्नुका कारणहरु के होला ?

 

हरेकको तहगत जिम्मेजवारी हुन्छ । नेपाल सरकारमा पनि आफ्नो अभिभावकीय जिम्मेवारी महसुस वहन समयमा नभएकोले यत्तिको लामो अन्याय, अपमान र विभेद खेप्नुपरियो । तर अहिले केही समययता नेपाल सरकारद्धारा देखाइएको जिम्मेवारी, भुमिका र पहलकदमीले नेपाल सरकारप्रति आशावादी र आभारी छौं ।

 

अन्त्यमा केही छ की ?

 

बार्ता शुरुवाततिर छ । कहिले शुरु हुन्छ । त्यो निश्चित भएको छैन । जुन गोर्खा संगठनहरुवीच अहिले एकता छ । त्यसले बार्ता सफल बनाउनका लागि एकतालाई झन बलियो बनाउनुपर्छ । जिम्मेवार संस्था जिम्मेवार संस्थाको प्रतिनिधिहरुले हाम्रो एकतालाई असर पुग्ने अभिव्यक्तिहरु दिनुहुदैन । गोर्खा र गोर्खाका परिवारहरुलाई पनि बार्तालाई असर पुग्ने अथवा एकतालाइृ असर पुग्ने अभिव्यक्तिहरु नदिनु अनुरोध छ । सम्पुर्ण भूपू र भूपूका परिवारहरुलाई धर्यधारण गर्नका लागि पनि अनुरोध छ ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार