किरात राई यायोक्खा बेलायतको विस्तारित बैठक सम्पन्न

किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार वकिङको किरात हाउस ग्याम्बल्सलेनमा बैठक सम्पन्न भएको हो ।

 

किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको बैठक ४ वटा एजेन्डामा केन्द्रीत रहेर सम्पन्न भएको थियो । बैठकमा संरक्षक र सल्लाहकारहरुलाई सम्मान समेत गरिएको थियो । बैठकमा थप कार्यसमितिलाई पदस्थापन समेत गरिएको थियो । बैठकमा आठौं महाधिवेशनपछि निर्वाचित भएको समितिको पहिलो भर्चुअल बैठकबाट उपाध्यक्षमा मनोनित भएका मेजर भुपजीत राई, मानुस राई र सदस्य प्रकाश प्राण राई र श्याम सामसुङ राईलाई पदस्थापन गरिएको थियो ।

 

बैठकबाट संरक्षकहरु डा. सुमाया राई, ज्ञानबहादुर राई, मेजर इन्द्र राई, चक्र साङपाङ राई, यशोदा राई, दिलबहादुर राई, भगवान चाम्लिङ, कुमार राई र रत्न राईलाई सम्मान गरिएको थियो । साथै बैठकमा प्रमुख सल्लाहकार कल्पना राई, सल्लाहकारहरु रत्नकुमार राई, भीमबहादुर राई, भीम राई, रामधन राई, खड्गचन्द्र राई, इन्द्रा राई, राष्ट्र राई, प्रेम राई, छेत्राकला राई, पदमबहादुर राई, अशोककुमार राई, हर्कराज राई, अमर राई, टिकाधन राई, भानुभक्त कोयु राई, प्रमोद कोयी राई, शुक्र राई र कृष्णबहादु्र राईलाई पनि सम्मान गरिएको थियो ।

 

बैठकमा किरात राई यायोक्खा बेलायतमा देखिएको विवादलाई समाधान गर्ने बिषयमा गहन छलफल भएको थियो । समस्या समाधानका लागि बैठकमा अध्यक्ष मेजर योगेश कोयी राईले तीनवटा विकल्पहरु प्रस्तुत गरेका थिए । अध्यक्ष कोयी राईले सकेसम्म मिलाउन हरप्रयास गर्ने, यदी मिल्न नसके कम्तीमा महत्वपुर्ण चाडपर्वहरु भने साझा रुपमा मनाउने नभए कानुनी रुपमा अगाडी जाने विकल्पलाई प्रस्तुत गरेका थिए । लामो समयसम्म चलेको छलफलमा उपस्थित भएका कार्यसमितिका पदाधिकारी, सदस्य र प्राकसका अध्यक्ष प्रतिनिधिहरुले संस्थालाई दीर्घकालिन हितमा हुने कुराहरुलाई ध्यान दिनका लागि सुझाव दिएका थिए ।

बैठकमा सहभागी अधिकांशले एकताको विकल्प नभएको भन्दै सबैले एकतालाई नै जोड दिन सुझाव दिएका थिए । सबैको सुझावको आधारमा एकता गर्नका लागि उपाध्यक्ष शंकर राई र स्वतन्त्र व्यक्तित्व मेजर इन्द्र राई रहेको दुई सदस्यीय बार्ता कमिटि गठन भएको छ । असन्तृष्ट रहेको समुहसंग समन्वय गरी बार्ता गर्ने गरी बार्ता कमिटी गठन बैठकले गरेको हो ।

बैठकमा विशिष्ट व्यक्तित्व र प्रकासका प्रतिनिधिहरुले सुझाव तथा आफ्नो धारणा व्यक्त गरेका थिए । धारणा राख्ने क्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका नेपालका पुर्व अध्यक्ष तथा संरक्षक डाक्टर सुमाया राईले समयको माग अनुसार विचार गरेर अगाडी बढन सकेनौं भने कुनै अर्थ नहुने बताइन । बैंठकको निर्णयहरु उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्दै डाक्टर राईले किरात राईहरु फुटेर जानुपर्ने अवस्था नभएको प्रष्ट पारिन । हामी सबैको उद्देश्य साझा हो । तर छुट्टाछुट्टै भएर अगाडी बढिरहेकोले दुखदायी बनाएको छ । तर कम्तीमा साझा सवालमा कसरी एकैथलो हुने भन्ने महत्वपुर्ण हो, उनले भनिन ।

यायोक्खा कुनै भाषी र व्यक्तिको नभई सम्पुर्ण राईहरुको भएको संरक्षक चक्र राईले बताए । उनले भाषा, धर्म र संस्कृतिलाई जीवन्त राख्न स्थापना भएकाले विचार नमिल्ने भन्ने कुनै कुरा आउदैन । विचारलाई माझेर एकजुट हुन आवश्यक पर्छ संरक्षक राईले भने ।

 


किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टोकका अध्यक्ष सुमित्रा राईले पनि एकतालाई प्राथमिकता दिनुपर्ने बताइन । सबै मिल्नुपर्छ । यो सबैको जिम्मेवारी हो । सबैले मिलाउनका लागि पहल गर्नपर्छ । उनले भनिन –“एकअर्कालाई अस्वीकार गर्ने प्रवृति हावी भएको छ । एकअर्कालाई सम्मान गर्नुपर्छ । विधानलाई फरक ढंगले व्याख्या गर्ने र विधानलाई परिपालन नगर्ने जस्ता समस्याले यस्तो भएको हो । सबैले सकरात्मक तरिकाले सोचेर अगाडी बढनुपर्छ ।”

एकताका लागि कमिटि गठन गर्र्ने कुरा राम्रो भएको आश्फोर्ड प्राकासका अध्यक्ष बसुन्धरा नयोङ राई बताइन । सहजीकरण गर्न कुनै न कुनै कमिटीको आवश्यकता पर्छ । बार्ता गर्नका लागि कमिटि गठन भएकोले यसले सार्थक पाउने कुराको विश्वास व्यक्त गरिन ।

मेडिस्टन प्रकासका अध्यक्ष रामजी राईले किरात राई एकजुट भएर अगाडी बढनुको विकल्प नभएको बताए । त्यसैगरी लन्डन प्राकसका अध्यक्ष विमलाकुमारी राईले पनि विभिन्न विकल्पमा गएर भएपनि एकजुट भएर अगाडी बढनुपर्ने जोड दिइन।

यायोक्खा सबैको साझा बनाउनुपर्छ । सबैलाई बहिस्कार गर्दै जाने हो भने हामी नरहने अधिकांशले धारणा व्यक्त गरे । बैठकमा अधिकांशले दिएको सुझावको आधारमा संस्थालाई अगाडी बढाउने प्रतिवद्धता किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले व्यक्त गरे । बेलायतभरी रहेका सबै किरात राईहरुलाई एउटै छातामा ल्याउने हरप्रयास गर्ने पनि बताए । बंैठकको सन्चालन उपमहासचिव किसन राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार