आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोजपुरमा १ लाख २५ हजार ९ सय २५ जनाले मतदान गर्न पाउने भएका छन् । उक्त जिल्लामा ६० हजार ७ सय ४ महिला र ६५ हजार २ सय २१ पुरुषले मतदान गर्ने भएका हुन् ।
भोजपुर नगरपालिकामा ९ हजार ६ सय १९ महिला र ९ हजार ८ सय ७० पुरुष गरी १९ हजार ४ सय ९०, षडानन्द नगरपालिकामा १० हजार ३ सय ३ महिला र ११ हजार ४ सय ९४ पुरुष गरी २१ हजार ७ सय ९७ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
त्यस्तै अरुण गाउँपालिकामा ६ हजार १ सय ८० महिला र ६ हजार ६ सय ५६ पुरुष गरी १२ हजार ८ सय ३६, आमचोक गाउँपालिकामा ५ हजार ९ सय १६ महिला र ६ हजार ६ सय ३८ पुरुष गरी १२ हजार ५ सय ५४, टेम्के मैयु गाउँपालिकामा ६ हजार ४ सय ७९ महिला र ७ हजार १ सय ३९ पुरुष गरी १३ हजार ६ सय १८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
त्यसैगरी पौवादुङ्मा गाउँपालिकामा ५ हजार २ सय २५ महिला र ५ हजार ५ सय पुरुष गरी १० हजार ७ सय २५, रामप्रसाद राई गाउँपालिकामा ५ हजार ७ सय ५० महिला र ६ हजार २ सय २२ पुरुष गरी ११ हजार ९ सय ७२, सालपा सिलिचो गाउँपालिकामा ४ हजार १ सय ३० महिला र ४ हजार ६ सय २४ पुरुष गरी ८ हजार ७ सय ५४ र हतुवागुढी गाउँपालिकामा ७ हजार १ सय २ महिला र ७ हजार ७८ पुरुष गरी १४ हजार १ सय ८० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
भोजपुर नगरपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, षडानन्द नगरपालिकामा १४ मतदानस्थल र २८ मतदान केन्द्र, अरुण गाउँपालिकामा आठ मतदानस्थल र १६ मतदान केन्द्र, आमचोक गाउँपालिकामा ११ मतदानस्थल र १७ मतदान केन्द्र, टेम्के मैयु गाउँपालिकामा ११ मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै पौवादुङ्मा गाउँपालिकामा ६ मतदानस्थल र १२ मतदान केन्द्र, रामप्रसाद राई गाउँपालिकामा १० मतदानस्थल र १६ मतदान केन्द्र, सालपा सिलिचो गाउँपालिकामा ६ मतदानस्थल र १२ मतदान केन्द्र र हतुवागढी गाउँपालिकामा ९ मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।