भोजपुरमा चुनाव अगावै एमाले र माओवादीले खाता खोल्यो, निर्विरोध निर्वाचित

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । आसन्न स्थानिय तहको निर्वाचन मिति अघि नै केहि वडा तहमा उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । जसमा नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना वडा सदस्य निर्विरोध चयन भएका हुन् ।
हतुवागढी गाउँपालिका ३, सिन्द्राङ्गको दलित महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी विश्वकर्मा, आमचोक गाउँपालिका ७, देवानटारको दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी रत्ना परियार र रामप्रसाद राई गाउँपालिका ८, खोक्सिकको दलित महिला सदस्यमा नेकपा एमालेकी तिर्थ देवी कामी निर्वाचित भएका हुन् ।
उक्त वडाहरुमा अन्य उम्मेदवारको मनोनयन दर्ता नभएपछि निर्बिरोध चयन भएका हुन् । जनजातीको बाहुल्यता रहेको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाका वडातहमा दलित समुदायबाट उम्मेदवारी नआएपछि उनीहरु सर्वसम्मत भएका हुन् ।
पूर्व मुख्यमन्त्री समेत रहेका शेरधन राईको अगुवाईमा नेपाली कांग्रेसविच तालमेल रहेको उक्त आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनबीच एमालेसँग चुनावी तालमेल नगर्ने लिखित सहमति विपरित कांग्रेसले गाउँपालिकामा तालमेल गरेको माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका अशोक राईले बताए । एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका आफ्ना कार्यकताहरुलाई माओवादी केन्द्रले कारबाही पनि गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार