
भोजपुर । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित वागी उम्मेदवार दिनेहरुलाई कारवाही गरेको छ । आँउदो ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित वागी उम्मेदवारी दिने जिल्ला सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई कारवाही गरेको छ । उनीहरुले पार्टीको निर्देशन विपरित वागी उम्मेदवारी दिएकाले कारवाही गरिएको जनाएको छ ।
पार्टी अध्यक्ष शरण कुुमार राईले एक विज्ञप्ती जारी गर्दै पार्टीको हित विपरित वागी उम्मेदवारी दिएको कारण कारवाही गरिएको जनाएको छ । बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेकपा एमाले भोजपुरको तर्फबाट ९ वटै स्थानीय तहहरुमा पार्टीको तर्फबाट उम्मेदवार मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको र वागी उम्मेदवारीलाई सहयोग गर्नेलाई कारवाही समेत गरिने उल्लेख गरिएको छ ।
वागी उम्मेदवारी दिने राई र श्रेष्ठलाई पार्र्टी विद्यानको धारा ८० को ६ वमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । पार्टीको निर्णय विपरित वागी उम्मेदवारको पक्षमा लागि प्रचार प्रसार गर्ने र मतदानका लागि भोट माग्ने काम नगर्न अनुरोध गरिएको छ । यदी त्यस्तो गतिविधि गरिए कारवाही गरिने समेत उल्लेख गरिएको छ ।







