युद्धको बीचमा पुटिनले राष्ट्रपति पद छाड्ने ! यी हुनेछन् नयाँ राष्ट्रपति

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ । रुसले अहिलेसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेको सफलता प्राप्त गर्न सकेको छैन । तर अहिले यो भीषण युद्धको बीचमा अरु कसैलाई केही समयका लागि रुसको राष्ट्रपति बनाउन सकिने खबर आएको छ ।

 

अन्तर्राष्ट्रिय मिडियाका अनुसार भ्लादिमिर पुटिनले आफ्नो क्यान्सरको उपचार गराउनुपर्ने भएको छ । उनको छिट्टै शल्यक्रिया हुने भएको छ । यस्तो अवस्थामा रुसको उक्त अपरेशनको जिम्मेवारी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभलाई दिन सकिन्छ । यसबारेमा अहिलेसम्म कुनै औपचारिक घोषणा नभए पनि विदेशी सञ्चारमाध्यमले यसलाई निरन्तर पुष्टि गरिरहेका छन् ।

 

पछिल्ला केही दिनदेखि भ्लादिमिर पुटिनको स्वास्थ्यलाई लिएर प्रश्न उठिरहेको छ। यो सिलसिला गत महिना सुरु भयो जब पुटिनले रक्षा मन्त्री सर्गेई शोइगुसँग बैठक गरेका थिए। त्यो भेटको क्रममा एक समय थियो जब पुटिनले अचानक डेस्क समाते। त्यसयता पुटिनको स्वास्थ्यलाई लिएर धेरै किसिमका अड्कलबाजी गरिएको थियो । पछि उनका यस्ता धेरै तस्विरहरु पनि बाहिर आए जसमा उनी निकै बिरामी देखिन्थे ।

 

अब ती सबै अड्कलबाजीका बीचमा केही समयका लागि भ्लादिमिर पुटिनको स्थानमा सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभलाई रुसको राष्ट्रपति बनाउन सकिने बताइएको छ । पुटिनले सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति उनी नै हुन्। यस्तो संकेत पुटिनले निकोलाई पत्रुशेभलाई पहिले नै दिएका थिए भन्ने दाबी पनि गरिएको छ । यदि पुटिनको स्वास्थ्य बिग्रियो भने देशको लगाम निकोलाई पात्रुशेभको हातमा जाने उनको भनाइ थियो।

 

निकोलाई पत्रुशेभको बारेमा सार्वजनिक भएका कुराहरूमा भनिएअनुसार उनी आफ्नो विचारहरुको बारेमा धेरै कडा छन् । धेरै कुरामा उनी पुटिनभन्दा दुई कदम अगाडि पनि हिँड्न सक्छन् । यस्तो अवस्थामा उनको आगमनपछि रुसको समस्या घट्नुको सट्टा झन् बढ्न सक्छ । पुटिनको स्वास्थ्यको बारेमा खुलासा गर्ने टेलिग्राम च्यानलका मालिकहरूले निकोलाई पात्रुशेभको कार्यशैलीमा पनि गम्भीर प्रश्न उठाइरहेका छन्।

 

तर यी सबैको बीचमा भ्लादिमिर पुटिन लामो समयसम्म सत्ताबाट टाढा नबस्ने कुरामा पनि रिपोर्टले जोड दिएको छ । उनले राष्ट्रपतिको कुर्सी निकोलाई पात्रुशेभलाई दुई–तीन दिनका लागि मात्र हस्तान्तरण गर्न सक्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार