समृद्ध पौवादुङमा गाउँपालिका विकासका लागि उम्मेदवारी : किरण राई

पौवादुङमा । अघिल्लो कार्यकालमा पुरा गर्न बाँकी रहेको समृद्ध गाउँपालिकाको नारालाई पुरा गर्न यसपटक पनि पौवादुङमा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट किरण राईले पुन : उम्मेदवारी दिएका छन ।

अघिल्लो पटक स्थानीय तहको कार्यान्वयनको जिम्मा पाएका निर्वाचित अध्यक्ष किरण राईले यसपटक पनि गाउँपालिकालाई समृद्ध बनाउन थालेको अभियानलाई पुरा गर्न पुन : अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन । उनले अघिल्लो कार्यकालमा पौवादुङमा गाउँपलिकालाई समृद्ध बनाउनका लागि थालेको अभियानलाई पुरा गर्ने लक्ष्य राखेका छन ।

जसअनुसार उज्यालो पौवादुङमा बनाउने लक्ष्यसहित थालिएको अभियानलाई पुरा गर्न र ८० प्रतिशत पुरा भएको खानेपानीको कामलाई पुरा गर्ने प्रतिवद्धता सहित यसपटक पनि चुनावी राई मैदानमा होमिएका छन । राईले घरघरमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नका लागि अभियानलाई पुरा गर्ने लक्ष्य राखेका छन । यसपटक तिवारीभन्ज्याङ्ग अधेरीघाट सडकलाई कालोपत्रे गर्ने समेत लक्ष्य राखेका छन । चुनावी अभियानमा किरणले सडक स्तरोन्त्तीलाई समेत निरन्तरता दिएका छन । राईले यसपटक बहुमहत्वकांक्षी हतुवागढी गाउँपालिकासंग जोडने पिखुवा खोलामा मोटरेवल पुल निमार्ण समेत गर्ने लक्ष्य आफ्नो प्रतिवद्धतामा उल्लेख गरेका छन ।

 

उनले पर्यटक प्रर्वद्धनलाई महत्वका साथ विकास गर्नका लागि पौवादुङमा गाउँपालिका ३ चाम्ताङको मगर गाउँमा सामुदायिक होमस्टे सन्चालन गर्ने योजनाहरुलाई अघि सारेका छन । मानिसको दिनदैनिकीसंग जोडिएको स्वास्थ्य पहुँचमा सहजताका लागि मानेडाँडामा निमार्ण भइरहेको अस्पताललाई पुरा गरि पूर्वाधार विकास समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । राईले कृषिमा आधुनिकरणको विकास गरी मानिसहरुको जीवनस्तर उकास्ने कार्यक्रमहरु लागु गर्नुको साथै एक घर एक रोजगार अभियानलाई सन्चालन गर्ने महत्वकांक्षी योजनालाई अघि सारेका छन ।

 

यसपटक निर्वाचित भएपछि प्रत्येक वडा कार्यालयहरुलाई व्यवस्थित बनाउनका लागि वडा कार्यालयहरुको पक्की भवन निमार्ण गर्ने समेत घोषणा गरेका छन । उनले खेलाडीहरुलाई जीवनयापन गर्न सक्ने व्यवस्थाका योजनाहरु निमार्ण गरी कार्यान्वयन गर्नुका साथै सवै धर्म संस्कार संस्कृति र भाषाहरुको संरक्षण र सम्र्बद्धन गर्ने समेत लक्ष्य राखेका छन । गाउँपालिका क्षेत्रमा रहेको विद्यालयमा आधुनिक शिक्षालाई प्रभावकारी ढंगले सन्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य भवन निमार्ण र प्रसुति सेवा समेत सन्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेका छन ।

 

राईले डिपिआर गरिएको पिखुवा खोलाबाट लिफ्टिङ गरी गुफा नागीबाट पाँच वटा वडामा पानी वितरण गर्ने महत्वकांक्षी योजनालाई पुरा गर्ने घोषणा गरेको छन । उनले चुनावी अभियानको क्रममा जारी गरेको घोषणपत्रलाई इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार