पराराष्ट्र नीतिमा प्रतिकुल असर पर्ने सैनिक साझेदारी नगर्ने सेनाको स्पष्टीकरण

नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी सैनिक साझेदारी नगर्ने प्रतिवद्धता जनाएको छ ।

 

नेपाली सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने बुधबार एक विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ ।

 

जारी विज्ञप्तिमा एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता प्रक्रियामा पनि नभएको स्पष्ट पारेको छ । सेनाको यस्तो भनाइएले एसपीपी सम्झौताको च्याप्टर नै बन्द गरिदिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार