हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो । दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्री विसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका हुन् ।

 

नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएकाकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् ।

 

नागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार