षडानन्द नगरपालिकाले ल्यायो एम्बुलेन्स, स्वास्थ्य सेवा सहज हुने

  सिलिचुङ सम्बाददाता

 

षडानन्द नगरपालिकाले ल्याएको एम्बुलेन्सका साथमा नगर प्रमुख सुरेन्द्र कुमार उदास । तश्विर, सिलिचुङ

 

भोजपुर । षडानन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।
नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासको पहलमा नगरपापिलकाका लागि एम्बुलेन्स सञ्चालन ल्याईएको हो । भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ७५ वटा एम्बुलेन्समध्ये भोजपुरको षडानन्द नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो ।
स्थानीय तह निर्वाचनका बेला नगरको पहिलो काम सुलभ स्वास्थ्य सेवा पु¥याउन नगरबासीका लागि एम्बुलेन्स ल्याउने सपना पुरा भएको नगर प्रमुख उदासले बताए । उनले भने, ‘निर्वाचनका बेला एम्बुलेन्स सञ्चालनमा ल्याउने सपना अन्ततः पुरा भएको छ, खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि हाम्रो पहलमा सरकारबाटै एम्बुलेन्स प्राप्त गर्न सफल भयौँँ । एम्बुलेन्स खरिदमा हुने खर्च बजेट विकास निर्माणमा लगाउछौँ ।’
एम्बुलेन्स सञ्चालनले नगरक्षेत्रका सर्वसाधरण नागरिक, क वर्गका अपाङ्गहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, दुर्घटनामा परेर घाइते भएकाहरु र आपत विपतमा परेकाहरुलाई स्वास्थ्य सेवा सहज बनाउन सहयोग पुग्ने मेयर उदासले बताए । भौगोलिक रुपले विकट नगरपालिकाका दुर्गमक्षेत्रका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर उक्त एम्बुलेन्स ल्याईएको उदासको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार