पहिरोपिडितको उद्धारमा उपमेयर शेर्पा आँफै जुटिन्

  सिलिचुङ सम्बाददाता

 

पहिरोबाट प्रभावित स्थानीयसंग वस्तुस्थिती बुझ्दै भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा । तश्विर, सिलिचुङ

 

भोजपुुर । केहिदिनको अविरल बर्षातका कारण खसेको पहिरोबाट प्रभावित भोजपुर नगरपालिका वडा नं ९ का स्थानियको सहयोगका लागि जनप्रतिनिधी स्वयम् जुटेका छन् । भोजपुर नगरपालिकाकी नगर उपप्रमुख निर्मला शेर्पाले पहिरो पिडित स्थानीयको उद्वार र सहयोगमा आँफै जुटेकी हुन् ।
अविरल वर्षातका कारण भोजपुर नगरपालिका वडा नं ८ र ९ का ६ घरमा पहिरोले नराम्रो क्षति पुराएको थियो । पहिरोबाट विस्थापित ती स्थानीयहरुको गाँस, बाँस र कपास व्यवस्थापनमा उपप्रमुख स्वयम् जुटेकी हुन् । सामाजिक उत्तरदायित्व मात्रै नभई मानवीय भावनाले पनि यथासक्य सहयोग गर्ने उनले बताईन् ।
उपमेयर शेर्पाकै नेतृत्वमा नगरपालिकाले पहिरो पन्साउन डोजर र मानव श्रोत लगाएको थियो । जोखिमका धेरै स्थानका सर्वसाधरणलाई पनि सर्तकता अपनाउन भनिएको छ । वर्षातले नगरपालिकाका दर्जनौ स्थानमा पहिरो खसेको छ ।
पहिरोबाट प्रभावित ती ६ परिवारलाई नगरपालिकाले १० हजार नगद, त्रिपाल तथा खाद्यवस्तु वितरण गरिएको उपमेयर शेर्पाले जानकारी दिईन् । पहिरोपिडितको पुर्नःस्थापन र पहिरोबाट जोखिममा परेका परिवारको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक कदम चाल्ने शेर्पाले बताईन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार