
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रेमा एकदिने दलित सचेतना तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । स्थानीय दलित वर्गको क्षमता विकास गर्ने उद्देश्यले उक्त एकदिने कार्यक्रम आयोजना गरिएको हो ।
दलित वर्गमाथि हुने सामाजिक विभेदविरुद्ध सचेतना र सिपमूलक कामप्रति आत्मनिर्भर र क्षमता अभिबृद्धि गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको दलित सचेतना कार्यक्रम कार्यान्वयन समिति च्याङ््ग्रेका अध्यक्ष मोहन दुरालले जानकारी दिए ।
उक्त वडाका करिब ४० जना दलित समुदायको सहभागितामा सम्पन्न कार्यक्रमको प्रमुख प्रशिक्षण विमल रणपहेँलीले गरेका थिए । वडा कार्यालय च्याङ्ग्रेको प्रायोजनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उक्त वडाका वडाध्यक्ष तीर्थ बहादुर कार्की, प्रशिक्षक विमल रणपहेँली लगायतको उपस्थिती थियो ।










