पहिरोले जोखिममा सडक, सर्वसाधरणलाई सास्ती नै सास्ती

  समिर साम्पाङ राई

 

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर चखेवा सडकखण्डमा खसेको पहिरो । तश्विर, प्रदीपचन्द्र राई

 

भोजपुर । मनसुनी वर्षातका कारण जिल्लाका अधिकांश सडकखण्डमा खसेको पहिरोले जोखिम बढाएको छ । यात्रुबाहक तथा मालबाहक सवारीसाधनलाई आवतजावतमा समस्या बढेको छ । विभिन्न मुख्य तथा भित्री सडकहरु पहिरोले अवरुद्ध बनेपछि यातायात पनि ठप्प बनेको छ ।

“आर्थिक बर्षमा अत्याधिक वर्षात र ठेकेदार कम्पनीले सडक योजनाका कामहरु समयमै सम्झौता र काममा ढिलाई गर्नाले पनि सडकको दुर्दशा भएको छ । एकातिर ठेकेदारले समयमै ठेक्काको काम नगर्दा र अर्कोतिर कोभिड १९ का कारण जनाताले दुःख पाएको जनप्रतिनिधी स्विकार्छन् ।”

भोजपुर दिङ्ला सडकखण्डमा खसेको पहिरो र हिलाम्मे हुनाले षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वधारणलाई सदरमुकाम आउन सास्ती छ । व्यावसायिक कर तिर्न साल्पासिलिछो गाउँपालिका ५, फेदीका दिक्पाल राई दुईदिन लगाएर सदरमुकाम आए । निरन्तरको वर्षात र कच्चि सडकको हिलाम्मे र पहिरोको जोखिम मोल्दै बल्लतल्ल आईपुगेको उनी बताउँछन् ।
’वर्खा लागेपछि सडकको दुर्दशा सधेँ यस्तै हुन्छ, के गर्नु कर तिर्न मुकामसम्म आउनैप¥यो, समयको वर्बादी र कष्टकर यात्राले सर्वसाधारण सेवाग्राहीलाई चरम सास्ती छ’ उनले भने । राई जस्तै दुरदराजका दुर्गम ग्रामीण भेगका नागरिकलाई सेवा लिन जोखिमपूर्ण सडककै कारण कष्ट भोग्नुपर्ने विडम्बना छ । वर्षातले पहिरो र हिलो भएपछि भोजपुर दिङला सडकखण्ड, भोजपुर घोरेटार सडकखण्ड, आमचोक गाउँपालिका १० पाङ्चा राङ्चास्थित बालंखा–रानीटार कच्ची सडकखण्ड, हतुवागढी गाउँपालिका ९ हसनपुर साफिङटारस्थित घोडेटार–मचुवाटार सडकखण्ड लगायत जिल्लाभित्रका मुख्य ग्रामीण सडकखण्डहरुमा यातायातका साधन चल्न सक्ने अवस्था छैन । यस्तै ६६ किलोमिटर भोजपुर लेगुवासडकखण्ड र ४२ किलोमिटर पुष्पलाल मध्यपहाडी लोकमार्ग विभिन्न स्थानमा पनि खसेको सुख्खा पहिरोले अवरोध पु¥याएको छ ।
सडकखण्डका विभिन्न स्थानमा पहिरो र हिलोले सडक अवरुद्ध हुँदा नियमित यातायातका साधन चल्न सकेको छैन । बर्षायाम सुरु भएसंगै दिङला क्षेत्र, उत्तरी साल्पासिलिछो क्षेत्रका ग्रामीण सर्वसाधरणहरु खाँदबारीदेखि धनकुटाको लेगुवा घुमेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ । सर्वसाधरण पैदल अथवा छिमेकी जिल्ला घुमेर आउने गर्छन् । ३ घण्टाको दुरीलाई ९ घण्टा लामो कष्टकर यात्राले समय र पैसा दुवै खेर जाने कुदाककाउलेका सन्तोष बस्नेतले बताए । ‘बर्खा लागेपछि सदरमुकाम जान टाउको दुखाई बन्छ, हिँडेर एकदिनै लाग्छ, खाँदबारी तरेर लेगुवा घुमेरै सदरमुकाम जान्छौ’ उनी थप्छ्न्, ‘सरकारी कर, नागरिकता, राहदानी बनाउनै ३÷४ दिनै माया मार्नुपर्छ, काम पनि वित्छ महंगो होटललज बसाई पनि हुन्छ’
यस्तै दक्षिणी हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका जोडिने मुख्य सडक पनि निरन्तरको वर्षातले खसेको पहिरोले अवरोध पु¥याएको छ । दुईपाङ्गे्र सवारी मात्रै चलिरहेको उक्त सडकखण्डमा वर्षात मौसम सुरु भएसंगै पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ । हतुवागढी गाउँपालिका रानीबासका शम्भु वालाहाङ राईले बताए । भने, ’वर्षेनी ग्रामीण सडकको दुर्दशाले सबैभन्दा बृद्ध र विरामीलाई बढि सास्ती पुग्ने गर्छ, समयमै उपचार पु¥याउन नसकिने विरामी र सुत्केरी बाटैमा मृत्यू पनि हुने अवस्था छ’
सदरमुकामदेखि हेलौँछाको तीनतलेसम्म १३ किलोमिटर सडकखण्ड र षडानन्द नगरपालिकाको किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्लाबजारसम्मकोे सडकखण्ड हिलाम्मे हुन्छ । ढुवानीका ट्रयाक्टर डुब्ने खाल्डाहरुले सडक पुरै अवरुद्ध हुन्छ । नगरपालिकाले सडक स्तरोन्नती गर्ने भनेपनि वैज्ञानिक सडक विस्तार गर्न नसक्दा सडकको दुर्दशाले सर्वसाधरणलाई हैरानी खेप्नुपर्छ । ‘विरामीलाई अस्पताल पु¥याउनै गाह्रो, सडकको दुर्दशाले विरामीको अकालमै ज्यान जाने स्थिती छ’ दिङलाका स्थानीय दिलकुमार राईले सुनाए ।
आर्थिक बर्षमा अत्याधिक वर्षात र ठेकेदार कम्पनीले सडक योजनाका कामहरु समयमै सम्झौता र काममा ढिलाई गर्नाले पनि सडकको दुर्दशा भएको छ । एकातिर ठेकेदारले समयमै ठेक्काको काम नगर्दा र अर्कोतिर कोभिड १९ का कारण जनाताले दुःख पाएको जनप्रतिनिधी स्विकार्छन् । सडकका योजनामा राम्रै बजेट लगानी गरिएपनि विविध कारणबस जनताले सडकको सास्ती झेल्नुपरेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासले बताए ।
अवैज्ञानिक सडक खन्ने प्रवृति र तीव्र वनविनाशले बर्षातको मौसमसँगै पहिरोको जोखिम बढेको स्थानीय युवाअगुवा नविन प्रधान बताउँछन् । भने, ‘सम्भाव्यता अध्ययनविनै जथाभावी सडकको ट्रयाक खोलिनु र वैज्ञानिक वनका नाममा वनविनाशले पहिरो, भुक्षयको जोखिम बढाएको छ’ कमजोर भौगोलिक भुबनोट र अवैज्ञानिक सडक विस्तारले पहिरोको जोखिम बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार