शैक्षिक गुणस्तरका पूर्वाधार बनाउन माग गर्दै भोजपुर बहुमुखी क्याम्पसलाई अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र

  सिलिचुङ सम्बाददाता

 

भोजपुर क्याम्पस प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै । तश्विर, सिलिचुङ

 

भोजपुर । शैक्षिक गुणस्तरमा बाधा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भोजपुरले भोजपुर बहुमुखी क्याम्पसलाई ध्यानाकर्षण गराएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि भौतिक तथा शैक्षिक पूर्वाधारहरुको माग गर्दै बुधबार अनेरास्ववियु भोजपुरले क्याम्पस प्रमुख भुलानाथ राईसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा विविध भौतिक पूर्वाधारको अभावमा विद्यार्थीले झेलिरहनुपरेको समस्या र उनीहरुको शैक्षिक गुणस्तरमा पुगेको असरप्रति गम्भिर ध्यानाकर्षण गरिएको छ । पत्रमा.पुस्तकालयको सहज व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग छ । त्यस्तै पत्रमा कक्षाकोठा व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । स्नातक तह शिक्षा संकाय दोस्रो वर्षको मनोविज्ञान विषयको पठनपाठन हुँदै आएको कक्षाकोठाको जिर्ण र समस्यापूर्ण भएकाले तत्काल समाधान गर्न माग गरिएको छ ।
साथै ध्यानाकर्षण पत्रमा क्याम्पसमा स्वस्थ खानेपानी, अभ्यास परिक्षा सञ्चालन, भेण्डिङ मेसिनसहितको सेनिटरी प्याड, क्याम्पस पोसाकमा बेल्टको व्यवस्था, व्यवस्थित शौचालयसहितको हात धुने व्यवस्था, अतिरिक्त क्रियाकलाप, महिला छात्राबासको व्यवस्थापन, पुरुष छात्रबासको व्यवस्थापन र फोटोकपी मेसिनको व्यवस्थापन हुनुपर्ने मागहरु उल्लेख गरिएको छ । क्याम्पसको भौतिक पूर्वाधारको सुधार र व्यवस्थापन अभावमा विद्यार्थीको पठनपाठन र शैक्षिक गुणस्तरमा गम्भिर असर पुगेको अनेरास्ववियु जिल्ला कमिटि भोजपुरका सचिव निशान राईले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार