जिल्ला अस्पतालको समस्या तत्काल समाधान गर्न युवा संघ भोजपुरले बुझायो ध्यानाकर्षण पत्र

  सिलिचुङ सम्बाददाता

 

ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल भोजपुरका पदाधिकारी । तश्विर, सिलिचुङ

 

भोजपुर । जिल्ला अस्पताल भोजपुरमा देखिएको कर्मचारी अभावका कारण स्वास्थ्य सेवामा पुगेको गम्भिर असरप्रति राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघले सोमबार जिल्ला अस्पतालमा देखिएका समस्याको विषयमा जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङ राई र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।
अस्पतालको तत्काल समस्या समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसंग पहल गर्न ध्यानाकर्षण गराईएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष विमल रणपहेँलीले जानकारी दिए ।
अहिले जिल्ला अस्पताल भोजपुरमा दरबन्दी अनुसारको नवौँ तहको एकजना मेसु, दुईजना मेडिकल अधिकृत, एकजना एचए, दुईजना अहेब, चारजना स्टाफ नर्स र दुईजना अनमीको दरबन्दी खाली छ । मन्त्रालयलाई पत्राचार गरिएपनि खाली दरबन्दी पूर्तिका लागि अहिलेसम्म डाक्टर नपठाएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार