एकदिने शिक्षक लाईसेन्सको लेखनशैली सिप अभिमूखीकरण सम्पन्न

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा आयोजित एकदिने अध्यापन अनुमति पत्रको लेखनशैली सिप अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटि तथा अनेरास्ववियु क्याम्पस कमिटिको संयुक्त आयोजनामा शिक्षक सेवा आयोगबाट लिईने आधारभुत तहको शिक्षक लाईसेन्सको लेखनशैली सिप सम्बन्धि अभिमूखीकरण सम्पन्न भएको हो ।
भोजपुर बहुमुखी क्याम्पस शिक्षा संकायमा अध्ययनरत विभिन्न वर्षका विद्यार्थीलाई लक्षित गर्दै यहि साउन २८ गते सञ्चालन हुने आधारभुत तहको अध्यापन अनुमति पत्र परिक्षाको तयारीका लागि अभिमूखीकरण कार्यक्रम राखिएको अनेरास्ववियु जिल्ला कमिटि भोजपुरका सचिव निशान राईले जानकारी गराए ।
परिक्षाको तयारी गरिरहेका अध्ययनरत विद्यार्थीलाई अभिमुखीकरणले उनीहरुको तयारीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । उक्त अभिमूखीकरण कार्यक्रममा उपस्थित सहभागीलाई अध्ययन अनुसन्धान केन्द्रका प्रतिनिधी विष्णुकुमार राई, रबिन्द्र के.सि र सिराज शर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मक्कर खड्का, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा जिल्ला सह–इन्चार्ज लगायतको प्रमुख आतिथ्यता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार