प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक

भोजपुर ‘क’ प्रदेशसभाबाट निर्वाचित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका– ११ घर रहनु भएकी राईको स्वास्थ्य अवस्था जटिल बन्दै भएपछि केहि दिनअघि थप उपचारको लागि विराटनगर लगिएको थियो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा क्रममा उपचारको राईको निधन पारिवारिक स्रोतले जनाइएको छ । उनको श्वासप्रसासमा समस्या भएको थियो ।

 

स्वर्गीय राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा, पति र एक छोरी रहेका छन् । स्वर्गीय राईको अन्तिम सस्कारको लागि शव भोजपुर ल्याउने तयारी भईरहेको जनाइएको छ । राजेन्द्रकुमार राई जो गणतन्त्रका संस्थापका थिए । अनेरास्ववियूको अध्यक्ष हुदाँ उनले सडकमा गणतन्त्रको नेतृत्व गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार