एनआरएनए बेलायत फुटाउने खोजेको भन्दै कुल आचार्यलाई राष्ट्र राईले दिए चेतावनी

लन्डन । गैर–आवासीय नेपाली संघ बेलायतलाई फुटाउन खोजिएको भन्दै बेलायतका नेपाली समुदायका अभियान्ताहरुले आपत्ति जनाएको छ । समाज भाँडने र विग्रह ल्याउने समुहहरुले गैर–आवसीय नेपाली संघ बेलायतलाई फुटाउन कोशिस गरिरहेको भन्दै बेलायतवासी सामाजिक अभियान्ता राष्ट्र राईले आपत्ति जनाएका छन ।

 

वर्तमान अध्यक्ष प्रेम गाहामगर विरुद्ध अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्यले विघटन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन । राष्ट्रिय समिति बेलायतलाई फुटाउने उद्देश्यसहित अध्यक्ष आचार्य विभिन्न रुपमा सक्रिय भएको आरोप पनि राईले लगाएका छन । कुल आयार्चको शैली स्वीकार्य छैन, उनले भने ‘बेलायतका अध्यक्ष समेत भइसकेको आचार्य राजनीतिक स्वार्थमा प्रेरित रहेर जसरी अन्तराष्ट्रिय समितिमा फुट गराउनुभयो, त्यसरी नै राष्ट्रिय समिति बेलायतलाई फुट ल्याउदै हुनुहुदैछ ।’

 

कुनै न कुनै वाहानामा गैर–आवासीय नेपाली संघ बेलायतलाइ विघटन या भंग गर्ने कोशिस गरिए, बेलातयवासी नेपाली समुदायलाई स्वीकार्य नहुने पनि राईले बताए । बेलायतमा हुने विग्रहले निम्ताउने परिणामको जिम्मेवारी आचार्यले लिनुपर्ने बताए ।

 

कुल आचार्य २०११–२०१३ मा अध्यक्ष हुदाँको स्मरण गर्दै राईले भने ‘कुल आचार्य बेलायतको अध्यक्ष हुदाँ आर्थिक घोटाला भएको थियो । म र कमल गुरुङ उक्त छानबिन समिति थियौं । त्यत्तिबेला ३४ हजार पाउण्ड आर्थिक घोटाला भएको थियो । अहिले पनि आर्थिक इस्यु निस्केको छ । अहिलेको यो आर्थिक घोटालाको पनि सम्पुर्ण जिम्मेवार कुल आचार्य हुनुपर्छ ।’’

 

अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष जस्तोले अभिभावकीय भुमिका निर्वाह गदै समाधानका बाटो लिनुपर्ने थियो तर विग्रह र भिडन्त निम्ताउनेतर्फ उद्दत गराउने काम राम्रो नभएको पनि राईले बताए । आचार्य गोर्खाहरुको मुद्दामा समेत अनुदार बनेको राईले आरोप लगाएका छन । नागरिक विधेयक पास हुदा उहाँलाई फोन गरे, तर उहाँले पछि कुरा गरौला भनेर हाम्रो कुरा वेवास्ता गर्नुभयो’ उनले भने ।

 

बेलायतका पुर्व अध्यक्ष तथा अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष भएर नीति र विधान विपरित जानु दुखद भएको पनि राईले बताए । राईले नेतत्वलाई असफल बनाउने भुमिका उपाध्यक्ष नारायणदत्त कँडेलको पनि रहेको बताए । अध्यक्षको प्यानलबाट भोट ल्याएर जिते पनि उनले नैतिक धरातल विर्सेर संस्थाविरुद्ध गतिविधि गरिरहेको छ । अध्यक्ष विरुद्ध गतिविधि गर्नु संस्थाको हित विपरित हो, उनले भने ‘काम गर्न खोज्दा भाँजो हाल्न खोज्नु र गैर–कानुनी काम गर्नु भनेको सम्पुर्ण क्रियशिल सदस्यहरुलाई हेपेको हो ।’

बेलायतका राष्ट्रिय समितिलाई भंग गर्न अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्यले खोजेको भन्दै गैर–आवसीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पनि आपत्ति जनाउदै आएका छन । अक्टोवर १ मा कार्यकाल सकिने म्यादी अध्यक्ष आचार्यले आँउदो आइतवार सचिवलयको बैठक बोलाएर गैर–आवासीय नेपाली संघ बेलायतलाई फुटाउन लागि परेको अध्यक्ष मगरले बताए ।

 

यदि एनसीसी बेलायत विभाजित गरिए त्यसको मुल्य महंगो पर्ने पनि उनले चेतावनी दिए । उनले गैर–आवासीय नेपाली संघ च्यारेटी कमिशनमा दर्ता भएकाले बेलायत एनआरएनएको आफ्नो च्यारिटी कमिशनको विधान र विधि चल्नुपर्ने पनि मगरले बताए । अहिले गैर आवासीय नेपाली संघ युकेको च्यारिटी कमिशनको विधान र विधि विपरित गैर–कानुनी रुपमा पैसा लगेकोले त्यसको छानबिन भइरहेको र छानबिन पछि कानुनी कारवाही अगाडि बढाइने अध्यक्ष मगरले बताए ।

 

एनआरएनए बेलायत विरुद्ध आइसीसी अध्यक्ष कुल आचार्यसंगै भावी अध्यक्ष हुनका लागि उपाध्यक्ष नारायण कँडेलले संस्थाको हित विपरित गतिविधि गरिरहेको अध्यक्ष मगरले बताए । कुल आचार्यले आफ्नो कार्यकाल सकिनु अघि बेलायत एनआरएनए फुटाउन खोजेको पनि बताए ।आउने आइतबार ११ सेप्टेम्बर आइ सी सी सचिवालयको बैठक राखि गैर आवासीय नेपाली संघ बेलायतलाई फुटाउन लागि परेका छन्। यदी एनआरएन बेलायत फुटाए, यसको सम्पुर्ण जिम्मेवार कुल आचार्य र नारायण दत्त कंडेल हुने कुरा पनि अध्यक्ष गाहा मगरले बताए। यस्तो अवस्था आएमा बेलायतवासी नेपाली समुदायहरु चुप लागेर नवस्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार