कुल आचार्यलाई एनआरएनए बेलायतले साधारण सदस्यबाट हटाए

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)आइसीसीका बर्तमान अध्यक्ष कुल आचार्यलाई गैर–आवासीय नेपाली संघ बेलायतले साधारण सदस्यबाट हटाएको छ । संघको विहिवार आकस्मिक भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

 

गैर–आवासीय नेपाली संघ बेलायतको पुर्व अध्यक्ष समेत रहेका आचार्य हाल पञ्जिकृत सदस्य थिए । १० औं केन्द्रीय महाधिवेशनबाट दुई समुहमा विभाजन भएका गैर–आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका एक समुह (संस्थापन) समुहबाट आचार्य ६ महिने अध्यक्ष भएका थिए । तीन जना अध्यक्षमध्ये एक अध्यक्ष आचार्यको कार्यकाल आउँदो १ अक्टोबरबाट सकिदैछ ।

 

गैरकानुनी रुपमा प्रक्रिया नै नपुर्‍याई निर्वाचित अध्यक्षलाई पदमुक्त गरेको पत्र पठाएर मानहानी गर्दै भ्रम फैलाएकाले आचार्यलाई च्यारिटी कमिशन र एनआरएनए युकेको विधान धारा ४१ अनुसार साधारण सदस्यबाट समेत नरहने गरी हटाइएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका प्रबक्त भरतमणी चोङबाङले बताए ।

 

कार्यकाल सकिनु अघि नै गैर–आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेलायतका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त भएको भन्ने आइसीसीले पत्र पठाएपछि आचार्य विवादको घेरामा पर्दै आएका थिए ।

 

एनआरएनए फुटाउनका लागि विभिन्न गतिविधि गरेको समेत उनीमाथि आरोप छ । आचार्यकै कारण एनआरएनए बेलायतमा विवाद बढेको धेरैको बुझाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार