संविधान दिवसमा युवासंघ नेपाल भोजपुरको खुल्ला रक्तदान कार्यक्रम

  सिलिचुङ सम्बाददाता

 

सोमबार आयोजित युवासंघ नेपाल भोजपुरको खुल्ला रक्तदान कार्यक्रम । तश्विर, प्रदिपचन्द्र राई

भोजपुर । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संविधान दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

‘रक्तदान जिवनदान’ भन्ने मूल नाराका साथ सोमबार जिल्ला अस्पतालमा संविधान दिवसको अवसर पारेर युवासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र भोजपुरको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

नागरिकले रगत अभावमा अकालमै ज्यान गुमाउनुपर्ने जोखिम न्यूनिकरण गर्न स्थापना भएको ब्लड बैंक सञ्चालनमा सहयोग पु¥याउन युवासंघ नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सम्भावित रगत अभावलाई केहि हदसम्म न्यूनिकरण गर्न संविधानको अवसर पारेर कार्यक्रम राखिएको युवा संघ नेपाल भोजपुरका अध्यक्ष विमल रणपहेँलीले बताए । भने, ‘सेवा नै धर्म हो, मानव जिवनमा रगत कमिले हुने दुर्घटनाको जोखिम कम गर्न यस्ता सामाजिक काममा हामी लागी परेका छौँ’ यसका साथै युवासंघ भोजपुरले अस्पतालस्थित विरामीलाई फलफुल वितरण पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार