७ वर्षपछि ऐतिहासिक सप्तमी बजार पुनः सुचारु

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । विगत ७ वर्षदेखि बन्द रहेको टेम्केमैयुङ गाउँपालिकास्थित सप्तमी बजार सञ्चालनमा आएको छ । २०२२ सालमा स्थापित सप्तमी बजारमा गाउँपालिका क्षेत्र र छिमेकी जिल्ला खोटाङबाट कृषिजन्य उत्पादन किनबेच हुने गरेको थियो । टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यवस्थापन भएपछि कृषि उपजको अधिकत्तम प्रयोजन हुने अपेक्षा लिईएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको सहज पहुँचका कारणले पनि यहाँ उत्पादित कृषि उपजलाई बाह्य बजारीकरण गर्न पनि सहज हुने भएको छ । आर्थिकस्तर संगै स्थानीय कृषकलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ बजारलाई पुनः सुचारु गरिएको छ ।

स्थानीयस्तरमा उत्पादित तरकारी तथा उपभोगिय खाद्यान्न बजारसम्म पु¥याई जिविकोपार्जनको राम्रो माध्यम बनाउन टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णस्थित सप्तमी बजार सञ्चालनमा आएको छ । उचित बजार व्यवस्थापन नहुँदा २०२२ सालमा स्थापित उक्त ऐतिहासिक बजार विगत ७ वर्षदेखि बन्द अवस्थामा थियो । तर गाउँपालिकाको पहलमा बजार व्यवस्थापन समिति गठन भएपछि बजारलाई पुनः सञ्चालनमा ल्याईएको हो ।
स्थानीयस्तरको कृषि उपजलाई प्रबद्र्धन हुने भएपछि गाउँपालिकामा पनि उत्साह छाएको छ । किसानले उत्पादन गरेको फलफुल र तरकारी खाद्यान्न सहज तरिकाले विक्रीवितरण गर्न सकिने भएपछि बजार निरन्तरता दिन सकिने स्थानीय विष्णु कुमार राई बताउँछन् । राईले भने, ‘लामो समयदेखि बन्द ऐतिहासिक बजार पुनः सुचारु भएको छ, हाम्रो कृषि उद्यममा थप टेवा मिल्ने भएको छ, गाउ्रँपालिकाले चालेको कदमप्रति सिंगो टेम्केमैयुङबासी हर्षित छौँ’
पुष्पलाल मध्यपहाडी लोकमार्गको सहज पहुँचका कारणले पनि यहाँ उत्पादित कृषि उपजलाई बाह्य बजारीकरण गर्न पनि सहज हुने भएको छ । आर्थिकस्तर संगै स्थानीय कृषकलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ बजारलाई पुनः सुचारु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार स्थानीयले उत्पादन गरेको कृषि उपजलाई बाहिरी बजारमा पनि लैजाने व्यवस्थासहित गाउँपालिकाले अनुसन्धान थालेको हो ।
गाउँपालिकाले स्थानीयको माग अनुसार प्रत्यक्ष रुपमा किसानहरुलाई सहज र किसानको जिवनस्तर उकास्न महशुस गरी बजार सञ्चालनमा ल्याईएको हो । विशेषगरि गाउँपालिकाबासीलाई कृषि क्षेत्रमा बढि प्रोत्साहित गर्ने लक्ष्यले कृषि सामग्री विक्रिवितरणसंगै व्यापारिक संस्कार बृद्धि गर्न र भाईचारा कायम राख्नका लागि सप्तमी बजार पुनःसुचारु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार