मानव अस्तित्वको एकमात्र आधार उसको ज्ञान हो । अनि त्यहि विद्या प्रदान गर्ने गुरुलाई सबैभन्दा माथिल्लो दर्जा दिईन्छ । आधुनिककालमा पेशाप्रति लगावभन्दा पनि पेशाप्रति आश्रितपन बढ्दो छ । तर निरन्तरको शिक्षण पेशाबाटै नयाँ पुस्तालाई ज्ञानको ज्योति दिने ६० वर्षिया कमला राई वर्तमान समाज रुपान्तरणको एक अभिन्न नाम हो । सोलुदुधकुण्ड नगरपालिका ११ तिङला सोलुखुम्बुस्थित बरबोट आधारभूत विद्यालयमा ३९ वर्ष लामो शिक्षण पेशामा रमाएकी कमला राईले नयाँ भविष्य कोरेकी छन् । उनले सम्पूर्ण जिवनमा समाज रुपान्तरणका लागि अमूल्य योगदान दिईन् ।
‘मेरो सम्पूर्ण जिवन बालबालिकाको नयाँ भविष्य कोर्नमै बिताएँ, यो भन्दा ठुलो जिवन उपाधि मेरा लागि अरु केहि छैन’ कमलाले भनिन्, ‘मेरा सम्पूर्ण उर्जाहरु भविष्यका कर्णधार निर्माणमै बित्यो, यसमै खुशी छु’ कर्तव्यनिष्ठ राई आफ्नो उर्जाशिल समय अन्धकारलाई उज्यालोतिर डो¥याउन सक्रिय भईन् । उनै राईलाई सेवानिवृत्त हुँदा आफ्ना सन्ततीहरूले दिएको उपहास्वरुपको उपनाम ‘हेड मिस’ को बृत्तचित्र पनि सार्वजनिक भएको छ ।
पूर्व प्रध्यानाध्यापक राईको जीवन, सघर्ष र सफलतामा आधारित वृत्तचित्र ‘हेडमिस’ को एक औपचारिक कार्यक्रमकाविच काठमाण्डौँमा लोकार्पण गरिएको थियो । लोकार्पण कार्यक्रममा निर्वतमान प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘शुरवीर’ सहित कलाकार, संस्कृतिकर्मी, अभियान्ता, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताले पूर्व प्रध्यानाध्यापक राईको शिक्षा क्षेत्रको योगदानको चर्चा गरे । वक्ताहरुले हेडमिसको सघर्षले महिलाले पनि पुरुष सरह जिम्मेवारी र नेतृत्व लिन सक्छ भन्ने सन्देश दिएको प्रतिक्रिया दिए । राईकी छोरी ममता थुलुङ राईको निर्माण तथा निर्देशन, प्रवेश राईको छायांकन तथा सम्पादन, रमेशबाबु राईको कथा आलेख र यशोदा राईको कथा वाचनमा तयार भएको वृत्तचित्र यसअघि विद्यालयको विदाई कार्यक्रममा समेत प्रदर्शन गरिएको थियो ।
भिडियाे लिङ्क तल छः







