यी हुन् नेकपा एमाले भोजपुरका उम्मेदवारहरु

भोजपुर । नेकपा एमालेले उम्मेदवार टुंग्याउने क्रममा भोजपुरका उम्मेदवारहरु पनि टुंगो लगाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा एमालेले उम्मेदवारहरु टुंगो लगाएको हो ।

 

नेकपा एमालेले प्रतिनिधिसभामा शेरधन राई, प्रदेश नं “क” मा हरिबहादुर राई प्रदेश नं ख बाट खडगबहादुर कार्कीको नाम टुंंगो लगाएको छ । पुर्व मुख्यमन्त्री समेत रहेका शेरधन राई पोलिटव्यूरो सदस्य हुन भने हरिवबहादुर केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज समेत हुन । तीन पटक सांसद बनेको शेरधन राई सूचना तथा सञ्चार मन्त्री बन्नुको साथै १ नम्बर प्रदेशका मुख्यमन्त्री समेत भएका थिए । एमालेका पोलिटव्यूरो सदस्य समेत रहेको शेरधन नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । शेरधन एमालेमा सबैभन्दा धेरै अवसर पाउने नेतामा पर्छन ।

 

हरिबहादुर लामो समय एमालेमा सक्रिय २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति भोजपुरको सदस्यमा निर्वाचित भएका थिए । इमान्दार र निष्ठावान नेताका रुपमा चिनिएका हरिवहादुर आफु भन्दा जुनियरहरुले राजकीय पदको जिम्मेवारी पाएपनि उनले भने पाएका थिएनन् । भोजपुरको एमाले पार्टी निमार्ण राईको महत्वपुर्ण भुमिका रहेको मानिन्छ । युवा संघ नेपालको पुर्व उपाध्यक्ष समेत भएका हरिवहादुर राई नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि निरन्तर रुपमा केन्द्रीय सदस्यमा छन ।

 

प्रेम कार्कीको नामले चिन्ने खड्गबहादुर कार्की जिल्लामा नेकपा बन्नुअघि नेकपा माओवादीसंग सम्बद्ध थिए । नेकपा विभाजनपछि रामबहादुर थापा बादलसंगै कार्की एमालेमा रहेका थिए । नेकपा एमालेको प्रदेश सदस्य रहेका कार्कीले अन्य सिनियरहरुलाई पछि पार्दै टिकट पाएका छन । जिल्लाको दक्षिणी क्षेत्रमा प्रभाव राख्ने कार्की नेकपा माओवादी हुनु अघि एमालेमा थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार