
भोजपुर । आसन्न संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुरबाट वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई र बागी उम्मेदवार उत्तम चापागाईबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नं १ का लागि गठबन्धनको उम्मेदवार बनेका नेकपा (एस) का राजेन्द्र र नेपाली कांगे्रसबाट बागी उठेका चापागाईँविच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
भोजपुर प्रदेशसभा ‘क’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार राई र बागी स्वतन्त्र उम्मेदवार चापागाईविच चुनावी रस्साकस्सी देखिएको छ । नेपाली कांग्रेस तरुण दलका केन्द्रिय उपाध्यक्ष समेत रहेका चापागाईले गठबन्धनका नाममा पार्टिले आफु र भोजपुरबासी सम्पूर्ण कांग्रेस कार्यकर्ताप्रति अन्याय गरेको भन्दै बागी स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गरे ।
‘मेरो ३२ वर्ष लामो नेपाली कांग्रेसमा योगदान छ, तर पार्टिले गठबन्धनको नाममा म लगायत भोजपुरका सम्पूर्ण कांग्रेसी साथिहरुको भावना र सिद्धान्तमा चोट पु¥याएको छ, त्यसैले यसपटक स्वतन्त्रबाट उम्मेदवारी दिएको हुँ’ चापागाईले भने, ‘अब पार्टिले पनि नाम मात्रैको लोकतान्त्रिक नभई चरित्रमा पनि लोकतान्त्रिक प्रदर्शन गरोस्, हाम्रो सिद्धान्त र भावनालाई ठेस नपु¥याओस्’ प्रतिनिधी र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा गठबन्धनले लोकसेवाको जाँच लिएजस्तो नेताहरु भित्र बसेर जिल्लाको वस्तुस्थिती र कार्यकर्ताको अवस्था नबुझि गरेको निर्णयले आघात पु¥याएको चापागाईले बताए ।
चापागाईको उम्मेदवारीप्रति गठबन्धनबाट उम्मेदवार बनेका आफुलाई कुनै असर नगर्ने बताए । चुनाव मिति नजिकिँदै जाँदा गठबन्धनको लक्ष्य, उद्देश्य र सिद्धान्तविपरीत बागी उम्मेदवारी दिएका चापागाईसंग प्रतिस्पर्धा गरेर जनताको विश्वास जित्ने उनले प्रस्टयाए । ‘हामी जुनसुकै स्थितीमा पनि चुनाव जित्छौँ, स्वतन्त्रबाट बागी बनेका साथिहरुलाई पनि शुभकामना छ र गठबन्धनको मर्यादा र लक्ष्य प्राप्तिका लागि भएपनि हाम्रो जित सुनिश्चित बनाउनेतर्फ हामी उन्मुख भएका छौँ’ मुख्यमन्त्री राईले भने ।
भोजपुर क्षेत्र नं १ तर्फ गठबन्धनका राई र बागी उम्मेदवार चापागाई चुनावी होडबाजी चलिरहँदा नेकपा एमालेलाई सहज हुने भएको छ । दुवैको क्षेत्रमा मत विभाज हुनेभएपछि सोहि क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार हरिबहादुर राईलाई सहज हुने भएको हो ।
नेकपा (एस) का राई र बागी उम्मेदवार चापागाईको मत बाँडिने भएपछि एमालेलाई थप सहज मिलेको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । भने, ‘गठबन्धनमा बागी हाल्नु नै हाम्रो लागि बलियो आड मिलेको छ, मत बाँडिने भएकाले पनि हाम्रो मत माथि आउनेमा ढुक्क छौँ’
यसपटक भोजपुरबाट प्रतिनिधी सभातर्फ एमालेबाट पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनबाट माओवादी केन्द्रका सुदन किरातीविच चुनावी प्रतिस्पर्धा छ । २०७४ सालको प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा तात्कालिन बामगठबन्धनबाट शेरधन राई, सुदन राई र राजेन्द्रकुमार राईले चुनाव जितेका थिए । जसमा प्रतिनिधी सभातर्फ सुदन, प्रदेशसभा १ तर्फ राजेन्द्रकुमार राई र प्रदेशसभा २ तर्फ शेरधन राईले विजयी भएका थिए भने यो पटक गठबन्धनबाट नेकपा एसका राजेन्द्र र माओवादी केन्द्रका सुदनसंग एमाले शेरधन चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै प्रदेश सभा २ तर्फ एमालेबाट खड्गबहादुर कार्की र गठबन्धनका नेपाली कांग्रेसका विनोद वान्तावा राईविच प्रतिस्पर्धा हुनेछ ।
भोजपुर प्रदेशसभा क्षेत्र नं १ तर्फ गठबन्धनबाट नेकपा एसका उम्मेदवार राजेन्द्र कुमार राई, बागी उम्मेदवार उत्तम चापागाई र नेकपा (एमाले) का उम्मेदवार हरिबहादुर राई । तश्विर







