एनआरएनए युके फुटाउने भेलामा गएका राष्ट्रिय सभाका अध्यक्ष, राजदुत र एनआरएनए आइसीसीसीका अध्यक्षलाई कालो झण्डा (भिडियो हेर्नुहोला)

लन्डन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र गैर–आवासीय नेपाली संघ आइसीसीका निर्वतमान अध्यक्ष कुल आचार्यलाई युवाहरुले कालो झण्डा देखाएका छन ।

 

मंगलबार लन्डनको हेरोस्थित एक समुहले एनआरएनए फुटाउन गरेको भेलामा गएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र गैर–आवासीय नेपाली संघ आइसीसीका निर्वतमान अध्यक्ष कुल आचार्यलाई युवाहरुले कालो झण्डा देखाएका हुन । एनआरएनए युकेलाई फुटाउन खोजेको भन्दै युवाहरुले तीनै जनालाई कालो झण्डा देखाउदै प्रदर्शन गरेका थिए ।

 

युवाहरुले तीनै जना विरुद्ध एनआरएनए फुटाउदै पाइदैन भन्दै कलो झण्डा देखाउदै नाराजुलुस सहित प्रर्दशन गरेका थिए । समानन्तर अभ्यास गर्दै आएका समुहले मंगलबार बिशेष साधारणसभाको नाममा भेला आयोजना गरेर एनआरएनए युके फुटाएका थिए । एनआरएनको नाममा गरेको भेलामा गएपछि तीनैजनालाई युवाहरुले कडा आपत्ती जनाउदै कालो झण्डा देखाउदै विरोध जनाएका थिए । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको बार्षिक साधारणसभा तथा संघसंस्था सभा ६ अगष्टमा सम्पन्न भएको थियो ।

 

भेलाबाट समानन्तर एनआरएन युकेको अध्यक्ष सुनिलबाबु खड्का र उपाध्यक्ष दीपक श्रेष्ठ भएका छन । उपाध्यक्ष रहेका खड्कालाई एनआरएनए युकेले बर्खास्त गरिसकेका छन भने श्रेष्ठ प्रेम गाहामगरबाट अध्यक्षमा पराजित व्यक्ति हुन ।

अध्यक्षको अनुमति विना २७ जुलाईमा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम उपाध्यक्ष सुनिलबाबु खड्का नारायणदत्त कँडेल र कोषाध्यक्ष विष्णु खरेलले पैसा भिकेर नेपाल पठाएपछि एनआरएनएमा विवाद शुरुवात भएको थियो ।

 

विवादपछि समानन्तर गतिविधि गर्दै आएका समुहले अध्यक्षविरुद्ध गुटवन्दी गर्दै निर्वाचित अध्यक्ष विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन समेत गरेका थिए ।

 

संघको साधारणसभा तथा संघसंस्था सभाले संस्थाभित्र भएको विकृतिलाई छानवीन गर्न समिति गठन गरेको थियो । छानवीन समितिले छानवीनपछि दिएको प्रतिवेदनमा कार्यसमितिका उपाध्यक्षद्धय नारायण कँडेल, सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेललाई मुख्य दोषी रहेको ठहर थियो । कार्यसमितिका पदाधिकारी सहित १८ जना सहयोगी रहेको भन्दै कारवाहीको लागि सिफारिश गरेको थियो । छानवीन समितिको सिफारिशको आधारमा २१ जनालाई संघले बर्खास्त गरिसकेको छ ।

 

सिफारिशको आधारमा संघले ६ जना उपाध्यक्ष, महासचिव दुई सचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष र १० सदस्यलाई बर्खास्त गरिसकेका छन । आर्थिक घोटालालाई ढाकछोप गर्नका लागि बर्खास्त भएकाहरुले एनआरएनएको नाममा भेला गरेको र उक्त अवैधानिक र विवादित भेलामा गएका तीनै जना विरुद्ध कालो झण्डा देखाइएको नेपलीज युथ युकेका संस्थापक अध्यक्ष रिचर्ड गुरुङले बताए ।

विशिष्ट व्यक्तिबाट यस्तो अवैधानिक काम हुन्छ भन्ने सोचेका थिएनौं, तर भयो गुरुङले भने –“एनआरएनएमा गरिएको राजनीतिलाई हामी कुनै पनि हालतमा मन्न सक्दैनौं ।”

 

राजदुतको पछिल्लो विवादित गतिविधिबारे प्रश्न उठाउदै युवाहरुले राजदुत फिर्ताका लागि नेपाल सरकारसमक्ष माग गर्ने नेपलीज युथ युकेका अध्यक्ष धीरज राईले बताए । यस्तो विवादित छवि र पक्षपाती भएको राजदुत हामीलाई चाहिदैन अध्यक्ष राईले भने ।

 

युवाहरुले संस्था फुटाउन पाइदैन, पब्लिकको रकम फिर्ता गर, अबैधानिक अधिवेशन बन्द गर, पब्लिकको पैसा खान पाइदैन, खुरापाती चाहिन्दैन, पक्षपाती राजदुत चाहिदैन भन्दै कालो झण्डा, प्ले कार्ड सहित नारा जुलुस गरेका थिए ।

 

कालो झण्डा सहित युवाहरुले प्रर्दशन गरेको भिडियो हेर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार