
लन्डन । तिहारसँगै बेलायतमा बसोबास गर्ने नेपालीहरुले झिलिमिली बत्तीसहित लक्ष्मी पुजा गरेका छन । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिदै घरघरमा फुलमाला, बत्ती सहित लक्ष्मीपुजा गरेका हुन ।
धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व मानिन्छ । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड भएकोले बेलायतमा बसोबास गर्ने नेपाली समुदायले पनि तिहारलाई धुमधामका साथै मनाउदै आएका छन ।
घरघरमा गएर देउसी भैलो खेल्न सम्भव नभएपनि एकै ठाउँमा जम्मा भएर देउसी भैलो खेल्ने प्रचलन छ । बेलायतमा बसोबास गर्ने नेपालीहरुले दियो, बत्ती बालेर घरलाई झिलिमिली बनाएका छन । फूलको मालाले सिँगारेर लक्ष्मीको फोटो राखेर उज्यालो बत्ती सहित सबैले लक्ष्मीको पुरा गरे । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।














