रकम तत्काल फिर्ता गर्न सुनिलबाबु खड्कालाई युवाहरुको अल्टिमेटम

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका बर्खास्तमा परेको उपाध्यक्ष सुनिलबाबु खड्कालाई अपचलन भएको संस्थाको रकम तत्काल फिर्ता गर्नका लागि युवाहरुले अल्टिमेटम दिएको छ ।

 

नेपलीज युथ युकेले बर्खास्तमा परेका सुनिलबाबु खड्कालाई मंगलबार पत्र लेख्दै अपचलन भएको ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स रकम तत्काल फिर्ता गर्नका लागि अल्टिमेटम दिएको हो । नेपलिज युथ युकेका अध्यक्ष धीरज राई र महासचिव खगेन थापाले खड्कालाई पत्र पठाउँदै दुई साताभित्र रकम फिर्ता गर्नका लागि अल्टिमेटम दिएका छन । तत्काल रकम फिर्ता नगरे स्थानीय काउन्सिल र प्रहरीलाई जानकारी दिएर खड्काविरुद्ध प्रर्दशन गर्ने चेतावनी पनि दिएका छन ।

 

छिन्नभिन्न भएको आइसीसीलाई अध्यक्ष र पञ्जिकृत सदस्यहरुको अनुमति विना नियतबश संस्थाको रकम नेपाल पठाएर नेपाली समुदायलाई विभाजन गर्नुका साथ पञ्जिकृत सदस्यहरुलाई समेत हेपेको नेपलीज युथ युकेले आरोप लगाएका छन ।

 

आर्थिक घोटालालाई ढाकछोप गर्न १८ अक्टोवरमा रक्सी भट्टीमा प्रहरी र सुरक्षा गार्ड जति पनि सहभागी नभएको भेला गरेर एनआरएनए फुटाएर आफै अध्यक्षको टिका लगाएर लज्जित काम गरेको युवाहरुले खड्कामाथि आरोप लगाएका छन । पत्रमा खड्कालाई अध्यक्ष बन्न लायक पात्र नभएको भनेर टिप्पणी समेत गरेका छन ।

 

साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा हुनुभन्दा एक हप्ता अगाडी नै नियतबश पञ्जिकृत सदस्य, विज्ञहरुसंग सरसल्लाह विना नै पैसा पठाएर एनआरएन युकेमा विभाजनको वीउ रोप्ने काम गरेको खड्कामाथि नेपलीज युथ युकेले संगीन आरोप लगाएका छन । अवैधानिक रुपमा भेला तथा समानन्तर गतिविधिहरु नगर्नका लागि आग्रह गर्दा पनि बेवास्ता गर्दै भेलाहरु आयोजना गरी संस्था फुटाउने काम गरेकाले बाध्यले भएर खड्कालाई चेतावनी दिइएको नेपलीज युथ युकेका अध्यक्ष धीरज राईले बताए ।

 

गैर–अवासीय नेपाली संघ युकेको रकम खड्काको संलग्नतामा अपचलन भएको थियो । रकम अपचलन भएपछि संघभित्र तीव्र मतभेद शुरु भएको थियो । मतभेद भएपछि खड्काले एनआरएनए फुटाएको थियो । एनआरएनए बेलायत फुटेपछि आधिकारिकताबारे अन्यौल भइरहँदा प्रेम गाहा मगर नेतृत्वको एनआरएनए युके आधिकारिक रहेको आइसीसीका बर्तमान अध्यक्ष रविना थापाले बताईसकेकी छिन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार