लन्डन । बेलायतको लन्डनमा बसोबास गर्ने लिम्बु समुदायहरूले बलिहाङ तङनाम भब्य रुपमा मनाएको छ । शनिवार लन्डनको सटवरीमा लिम्बु समुदायहरूले बलिहाङ तङनाम भब्य रुपमा मनाएका हुन ।
लिम्बुहरुको साझा संस्कृतिक संस्था किरात याक्थुम चुम्लुङ ग्रेटर लन्डनद्धारा आयोजित बलिहाङ तङनाम कार्यक्रममा उल्लेख्य रूपमा लिम्बु समुदायहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लिम्बुहरूको संस्कार संस्कृतिंसंग जोडिएको धान नाँच, च्याबु्रङ नाच पनि गरिएको थियो । कार्यक्रममा नेपालदेखि आएका लिम्बु भाषी गायक बबिन सेर्माले लिम्बु संस्कार संस्कृतिसंग सम्बन्धित गीतहरू गाएका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक र बिभिन्न बिषयमा उच्च शिक्षा हासिल गर्नेहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा किरात याक्थुम चुम्लुङ कन्द्रीय कार्यसमिति बेलायतका उपाध्यक्ष अमृता पालुङवा रहेका थिइन । कार्यक्रममा मगर संघ लन्डनका अध्यक्ष गञ्जा आले, तमु समाजका अध्यक्ष शिवकुमार गुरूङ र किरात राई यायोक्खा लन्डनका सचिव किरण राईको समेत उपस्थिति रहेको थियो । कार्यक्रम किरात याक्थुम चुम्लुङ ग्रेटर लन्डनका अध्यक्ष देव आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बिमला लिम्बुले गरेकी थिईन । लिम्बु समुदायहरुले बलिहाङ तङनाम प्रत्येक बर्ष मनाउदै आएका छन ।
भिडियो हेर्नुहोला