उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो ।

 

“उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,“ सियोलका जोइन्ट चीफ अफ स्टाफले बताएका छन् । विभिन्न प्रक्षेपणहरूमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार