फोनिजद्धारा पत्रकार गुरुङलाई सम्मान र थेवेलाई पुरस्कार

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक साधारणसभामा वरिष्ठ पत्रकार हरिकुमार गुरुङ ‘काजी’ लाई सम्मान र उदीयमान पत्रकार अमित थेबेलाई पुरस्कृत गरिएको छ ।

 

शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको साधारणसभामा गुरुङलाई सम्मान र थेवेलाई पुरस्कृत गरेको हो ।

 

साधारणसभामा फोनिज युकेका सल्लाहकार तथा पत्रकार हरिकुमार गुरुङ ‘काजी’ लाई ‘फोनिज युके पत्रकारिता सम्मान’ बाट सम्मान गरिएको थियो भने अमित थेबे ‘मिहाङ’ लाई ‘फोनिज युके उत्कृष्ट पत्रकार पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । पत्रकार पुरस्कारको राशी १ सय एक पाउन्ड नगद र प्रमाणपत्र रहेको छ । पुरस्कारको राशी नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले प्रायोजन गरेका थिए । अध्यक्ष गोमा रानाको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यतामा फोनिज युकेको साधारणसभा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार