लन्डन । राई ईज किङ्गले परिचित चर्चित गायक राजेश पायल राईले शनिवार बेलायतस्थित सांगीतिक साँझ कार्यक्रममा गीत गाएर दर्शक तताएका छन । अल्डरसर्टको एम्पाएर हलमा दुई दर्जन भन्दा बढी गीत गाएर राईले बेलायतको चिसो मौसममा उपस्थित भएका भब्य दर्शकहरुलाई एकाएक तताएका हुन ।
नेपालीहरुको जनघनत्व रहेको अल्डरसर्टमा नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित सांगीतिक साँझमा शनिवार बेलुकी गायक राईले स्टेजबाट “तिमिले दिइको मायोको चिनो” भन्ने गीत गाउँदा ठुलो सख्यामा रहेका दर्शकले हुटिङ र होहल्लाले माहौल गुन्जयमान भएको थियो ।
करिब डेढघण्टा लगातार गीत गाएका गायक राईले “मैले मायाले दिएको चिनो, फाल्यो की राख्या छौ‘..”, म त मर्छु कि क्या हो ठुली, देम सारो, दर्शन नमस्ते, मलाई जुनि जुनि जुनि, तिम्रो हुने मन छ, फेरी फेरी फेरी, नाई नभन्नु ल ‘.” भन्ने गीत प्रस्तुत गर्दा झन सांगीतिक साँझले दशकहरु जुरुक्कै उचालिएको थियो । किरात राई यायोक्खा बेलायतद्धारा आयोजित कार्यक्रममा किरात संस्कार संस्कृतिसंग जोडिएका गीतहरु पनि गाएका थिए ।
सांगीतिक साँझमा किशोरकिशोरी, युवा र बुद्धहरुको पनि बक्लो उपस्थितीले हल खचाखच भरिएको थियो । गायक राईलाई दर्शक दिर्घामा रहेका युवाहरुले पनि गीतको सार मिलाएर नाँच्दै मनोरञ्जन लिएका थिए ।